बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वार्ड न २ काे सरस्वती माध्यामिक विद्यालय जमुनिमा शुक्रबारदेखि दोस्रो राष्ट्रपति तथा अध्यक्ष कप रनिङ सिल्ड खेलकुद प्रतियाेगिता शुरू भएको छ ।
लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला ,कानुन न्याय तथा सहकारी मन्त्री कृष्णा केसी (नमुना )बाट उदघाटन भएको रनिङ शिल्ड खेलकुद प्रतियाेगिता यहि ५ गते देखि ९ गते सम्म संचालन मा रहने छ ।
यस खेलकुद प्रतियाेगितामा बढैयाताल गाउँपालिका भित्र का १९ बटा सामुदयिक र सस्थागत विद्यालय सहभागी रहेका छन । पाँच दिन सम्म संचालनमा रहने यस खेलकुद प्रतियाेगिता मा एथलेटिक्स , भलिवल ,रिलेदाैड , कपर्दी , सटफुट लगायत का खेलहरु समावेश गरिएको शिक्षा खेलकुद शाखा प्रमुख बिष्णु प्रसाद ढकालले जानकारी दिनु भएको छ ।
भने उदघाटन सत्र को कार्यक्रम मा विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य भुवनेस्वर चौधरी मुल समारोह संयोजक बढैयाताल गाउँ पालिका का अध्यक्ष हिमालय त्रिपाठि ,विशेष अतिथी उपाध्यक्ष लक्ष्मी अधिकारी , प्रमुख प्रशासकिय अधिकृत दानबहादुर ऐडि ,बढैयाताल गाउँपालिका का विभिन्न शाखा का प्रमुखहरू ,ढैयाताल गाउँपालिका सबै वडाका अध्यक्षहरु,सबै बिधालय का प्रधानाध्यापकहरु , सबै राजनीति दलका प्रमुख तथा प्रतिनिधि , सुरक्षा निकायका प्रमुख हरु ,शिक्षक शिक्षिका हरु , सहभागी बिधालय का विद्यार्थीहरु तथा अभिभावक लगायतको उपस्थिति रहेकाे थियाे ।
निजि तथा सामुदायिक विद्यालय गरी करिब २९ वटा विद्यालयहरुको सहभागिता हुने मेयर कप प्रतियोगितामा राष्ट्रिपति रनिङ शिल्ड संचालन निर्देशिकामा आधारित छात्र÷छात्रा दुवै तर्फ फिल्ड र ट्रयाकका एक सय मिटर ,पन्ध्र सय मिटर दौड लङजम्प र भलिबल लगायतका खेलहरु समावेश गरिएका छन ।
रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुने विद्यालयलाई .शिल्ड तथा प्रमाणपत्र दिईने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन फागुन ४ गते बसेको प्रधानाध्यापकहरुले बैठकले विभिन्न उप समितिहरु समेत गठन गरेको छ भने प्रतियोगितालाई विधि संम्वत संञ्चालन गर्न विभिन्न विधाका प्रशिक्षकहरु लाइ समेटेर वरिष्ठ भलिबल प्रशिक्षकको संयोजकत्वमा खेल प्राविधिक समिति समेत गठन गरिएको छ ।
त्यस्तै प्रतियोगिता सफल बनाउनका लागि एथ्लेटिक्स खेल संञ्चालन उप समिति, भलिबल खेल संचालन उप समिति पनि गठन गरिएको संचालन तथा व्यवस्थापन समितिले जनाएको छ । रनिङ शिल्ड प्रतियोगिता फागुन ९ गते सम्म संचालन हुने छ ।
