बर्दिया – बढैयाताल गाँउपालिका बर्दियाले मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम आजदेखि बढैयाताल गाँउपालिका मैनापोखर स्थित सुनगाभा होटलमा शुरु गरेको छ । 
मेलमिलापकामाध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन गाँउपालिका र सामुदायिक मेलमिलापकर्ता समाज नेपाल संगको प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको सहजीकरण तथा बढैयाताल गाँउपालिका मैनापोखर बर्दियाको आयोजनामा मेलमिलाप सम्बन्धि आधारभुत तालिम ८ दिवशिय basic mediation training कार्यक्रम संचालन भएको छ ।

बढैयाताल गाँउपालिकाको सहयोगमा सञ्चालित तालिममा गाँउपालिका विभिन्न वडाका ३६ जना सहभागी हुनु भएको थियो ।
दिगो शान्ति समुन्नत सम्बन्ध भन्ने नाराका साथ शुरु तालिममा विवाद, मेलमिलापको पद्धती, मेलमिलाप सम्वन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको शिप, मेलमिलाप प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गूणहरु र मेलमिलापका आचारसहिंता, सहमतीय निकास लगायतका विवीध पाटोमा सहजीकरण गरिनेछ । 
उदघाटन समारोहलाई सम्वोधन गर्दै बढैयाताल गाँउपालिका अध्यक्ष हिमालय त्रिपाठिले हरेक कदममा विवाद आइरहने हुनाले धेरै जसो समय विवाद मिलाउनमै गइरहेको तितो यथार्थता व्यक्त गर्नु भयो ।
मेलमिलामकर्तामार्फत विवाद निरुपण हुने बातावरण सिर्जना भए विकास निर्माणले थप गती लिने अध्यक्ष त्रिपाठिको विश्वास थियो । 
बढैयाताल गाँउपालिका उपप्रमुख तथा न्यायिक समितिका प्रमुख लक्ष्मी कुमारी अधिकारीले न्यायका लागि मेलमिलापको माध्यम उपयुक्त भएको भन्दै यसको व्यापकता र प्रभावकारिता मेलमिलापकर्तामा निर्भर रहने बताउनु भयो ।
मेलमिलापबाट समाधान गरिएका विवादहरु कार्यान्वयन गर्न प्रभावकारी रहने हुनाले मेलमिलाप प्रक्रियालाई पालिकाले प्राथमिकता साथ अवलम्वन गर्नु पर्ने उहाँले आवश्यक्ता औल्याउनु भयो ।
बढैयाताल गाँउपालिका प्रमुख प्रसाशकिय अधिकृत दान बहादुर ऎडिले मेलमिलापको माध्यमबाट समाजलाई रुपान्तरण गर्न सकिने भन्दै मेलमिलापको विषयलाई पालिकाले योजनागत रुपमा प्रक्रियामा राख्ने बताउनु भयो ।
बढैयाताल गाँउपालिका न्यायिक समिति सदस्य दुर्गा हमालले तालिम उदघाटन समारोहको सञ्चालन गर्नु भएको थियो ।
तालिममा प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपाल संस्थाको मुख्य प्रशिक्षकहरुले सैद्धान्तिक तथा व्यवरिक रुपमा सहजीकरण गर्नु हुनेछ,
उक्त तालीम ११ दिन सम्म चल्ने बताइएको छ।