कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मनोरञ्जन गित संगीत

जब तिमी आयौ जिन्दगीमा, मिठास आएको छ

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ माघ १८, बुधबार ०६:११
0
18
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

प्रियतम,

धेरै धेरै सम्झना।

लामो समयको प्रयासपछि यो पत्र लेख्दै छु। कैयौँपटक शब्दहरू कोर्दै मेटाउदै गरेँ, त्यसको लेखाजोखा म आफैँसँग छैन। खै किन हो, यस्तो लाग्छ तिम्रो सम्बोधनमा शब्दहरु पनि कम पर्न आउँछन्। किनकि हरपल हरक्षण तिमी मन मस्तिष्कमा छाउँछौ, तिमी नै तिमी नजरभरि आउछौँ। तिमीलाई नदेखुँ भनेर कयौंपल्ट आँखा बन्द गर्छु। तर, बन्द आँखामा तिमी झन संग्लो भएर नजर आउँछौँ। यिनै  हरेक कुराको निष्कर्षले आज मलाई महसुस गराएको छ कि म त प्रेममा पो रहेछु, हो तिमीसँगको प्रेममा। यस्तो प्रेम जसको कुनै सीमा छैन,जसको कुनै अन्त्य छैन जहाँ विश्वास छ, इज्जत छ, सम्मान छ अनि पाउने आस र गुमाउने डर भन्दा पनि तिमीलाई चाहन्छु, तिमीलाई प्रेम गर्छु भन्ने कुराले नै बढी महत्त्व राख्छ।

प्रियतम, पहिलोपटक तिमीलाई भेट्दा लागेकै थिएन कि तिमीलाई फेरि भेट्छु, तिमीसँगको प्रेमको गहिराइमा डुबुल्की मार्न पुग्छु। त्यसैले त मलाई याद नै छैन कि हामी पहिलेपटक कहिले भेटेका थियौँ भनेर। कति याद गर्ने कोसिस गर्छु। अहँ, याद नै आउँदैन बस अब त यही प्रेम सबथोक बनेको छ। यसले प्रेमको कदर गर्न सिकाएको छ।प्रेमको एहसास नै मीठो हुँदो रहेछ, चियामा चिनीको घोलजस्तै। साँच्चै, प्रियतम तिमी मेरो जिन्दगीको सुन्दर बहार हौ, त्यो वसन्त हौ, जो बिनामौसम पनि रंगीचंगी हरियाली छ। जसले मलाई प्रेमको गरिमा बुझाएको, प्रेमको पूजा गर्न सिकाएको छ। सोच्छु यदि तिमीसँग भेट हुँदैनथ्यो भने मैले कसरी गर्न पाउँथे होला, यति मीठो प्रेमको प्रेमिल एहसास, कसरी बुझ्थेँ होला प्रेमको यति मिठो गाथा।

कोही मान्छे साँच्चै नै कसैको जिन्दगीमा सुन्दर बहार नै बनेर आउने रैछन् जस्तै ‘तिमी’। हरेकपटकको भेटपछि, हरेक पटकको संवादपछि अझ प्रेम बढेको एहसास हुन्छ।थाहा छ तिमीलाई, “तिमीसँग भेटेपछि म साह्रै प्रेमिल हुन थालेकी छु, हर कसैलाई आफ्नो रंगमा रंगाइहाल्छु र मान्छेहरु रंगिन्छन् पनि।” तर, तिनीहरुलाई के थाहा- त्यो त तिम्रो प्रेमको कमाल हो भनेर… तिम्रो प्रेमको रंग हो भनेर। हरेक कुरा आफ्नै ढ‌ंङ्गबाट सोच्ने, एउटा जिद्दी र पागल केटी पनि कसैको प्रेममा यसरी रंगिन सक्छे, सायदैले सोच्छन् होला। कहिले लागेन कि म पनि कसैसँग प्रेम गर्न सक्छु, कसैको प्रेममा पर्छु।

मान्छेहरुले त्यसै भनेका हैनन् होला, प्रेममा जादु हुन्छ, शक्ति हुन्छ भनेर। त्यसैले त आज म हराएकी छु तिमीमा, रंगिएकी छु तिम्रो प्रेमको रंगमा।

आफ्नै दुनियाँ बनाएर आफ्नै दुनियाँमा हराउने केटी म, मेरो दुनियाँमा पनि कोही आउँछ र घर बनाउँछ, कति अचम्मको कुरा छ है। मान्छेहरुले त्यसै भनेका हैनन् होला, प्रेममा जादु हुन्छ, शक्ति हुन्छ भनेर। त्यसैले त आज म हराएकी छु तिमीमा, रंगिएकी छु तिम्रो प्रेमको रंगमा। यी दिनहरुमा यो प्रेमका रंगहरु नै पर्याप्त छन् बाँच्नमा, जीवित रहनुमा नितान्त खुशीका वेगहरुमा समिश्रित छन् अव्यक्त प्रेमका भाषाहरुमा। यस्तो लाग्छ यही आकाशले गुनगुनाइरहेको छ प्रेमका मिठा गीतहरु अनि छरिरहेको छ इन्द्रेणीका सुन्दर रंगहरु..।

प्रियतम, आजसम्म जिन्दगीमा समयसँगै बाँचे, एउटा टाइमटेबल बनाएर, तर जबदेखि तिमी मेरो जिन्दगीमा आयौ, जिन्दगीमा मिठास आएको छ। आजसम्म जुन बोरिङ लाइफलाई म पर्फेक्ट सम्झेर  बाँचिरहेकी थिए, त्यो जिन्दगीमा तिमी एक्साइट्मेन्ट बनेर आयौ। यस्तो लाग्छ- बस आजसम्म बाँचेकी थिएँ म, अब जिउन सुरु गर्दैछु। तिमी जिन्दगीमा आएपछी दोस्तीको, प्रेमको वास्तविक मतलव जानेँ, त्यसपछि तिम्रो नामको जादु जिन्दगीमा यसरी चल्यो कि सबथोक बिर्सन थालेँ। बस, तिमी नै तिमी याद रहन थाल्यौ नजरभरि आउन थाल्यौ।

आजसम्म सुनेको मात्र थिए प्रेम एउटा जादु हो, तर तिम्रो आगमनले यो कुरालाई साँचो बनाइदिएको छ। आजसम्म जुन प्रेमलाई एउटा मुस्कानसहित इग्नोर गर्थेँ, आज यही प्रेम जिउने ‘जरिया’ बनेको छ। साँच्चै मायालु छोएछ क्यारे मलाई तिम्रो प्रेमको रंगले, तिम्रो मायालु नजर अनि प्रेमिल स्पर्शले, त्यसैले हेर त कति हसिन छन्, तिम्रो रंगले छोएका मेरा यी पलहरु जहाँ तिमी मात्र तिमी छाएका छौ मीठो प्रीत बनेर। त्यसैले त लाग्छ- तिमी छौ र त म छु, नभए तिमी बिना, म केही हैन।

हरेक कुरा शब्दमा मात्र अभिव्यक्त नहुने रहेछन्। सक्ने जति गरेको छु, यो पत्र तिमी सुटुक्कु पढ्नु भन्छन्। ‘प्रेम लुकिछुपी लाएको मिठो।’ अरुले यो पत्र पढोस्, हाम्रो प्रेम सस्तो बनोस्- म चाहन्न। किनकि मलाई थाहा छ प्रेम देखाउनलाई हैन, यो त महसुस गर्ने कुरा हो, अनुभूत गर्ने-गराउने कुरा हो।

मनभरिको माया संगालेर मैले तिमीलाई यो पत्र कोरेकी छु, मायालु तिमी जहाँ छौ, जस्तो छौ आफ्नो ख्याल राख्नु। प्रेमप्रति विश्वास र भगवानप्रति आस्थाका साथ तिमीसँग छिट्टै भेट्ने वाचासहित तिमीलाई ‘भ्यालेन्टाइन्स डे’ को धेरैधेरै शुभकामना।

तिमीलाई माया गर्ने ..

तिम्री नीला

Previous Post

लुम्बिनी प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने ।

Next Post

संसदमा धवलको गर्जन, ‘राजासहितको हिन्दु राष्ट्र स्थापना गर्छौं’

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ माघ १८, बुधबार ०६:११
42
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०७९ माघ १८, बुधबार ०६:११
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०७९ माघ १८, बुधबार ०६:११
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०७९ माघ १८, बुधबार ०६:११
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०७९ माघ १८, बुधबार ०६:११
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०७९ माघ १८, बुधबार ०६:११
19
Next Post

संसदमा धवलको गर्जन, ‘राजासहितको हिन्दु राष्ट्र स्थापना गर्छौं’

सिमसार क्षेत्रको पुर्नस्थापना आजको आवश्यकता-मन्त्री कृष्णा केसि (नमुना)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ माघ १८, बुधबार ०६:११
42

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०७९ माघ १८, बुधबार ०६:११
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०७९ माघ १८, बुधबार ०६:११
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०७९ माघ १८, बुधबार ०६:११
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.