जयपती ढकाल नेपालगन्ज – राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा नेपालगन्ज उपमहानगर पालिका निवर्तमान मेयर डा.धवल समशेर राणा यतिबेला आफुले विकास गरेका योजना र भावी योजना सहित घरदैलो कार्यक्रममा व्यस्त छन ।
लामो समयदेखी रोकिएको नेपालगन्जको विकास स्थानीय निर्वाचन २०७४ को निर्वाचन पछि निर्वाचित भएर नेपालगन्ज वासिको मन जित्न सफल भएका राणा अहिले बाँके क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएर अब आफ्नो क्षेत्र र समग्र देशको विकासको लागि जनताले अत्याधिक बहुमतका साथ जिताउने छ्न भन्ने कुरामा विश्वत रहेको बताउछ्न। 
आसन्न निर्वाचनमा बाँके क्षेत्र नं. २ बाट प्रतिनिधी सभा
पदका उम्मेदवार समेत रहेका महामन्त्री डा.धवल समशेर राणा चुनावी मैदानमा होमिएका छन ।
०७४ सालमा बाँके नेपालगन्ज उपमहानगरपालिका बाट मेयरको रुपमा निर्वाचित
भएका राप्रपा महामन्त्री राणा सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका छन ।
जनसँख्याको हिसावले जिल्लाकै सबैभन्दा महत्त्वपूर्ण निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै आएका राणा दोस्रो पटक साँसदका रुपमा प्रस्तुत भएका हुन ।
प्राय स्थानियको घरआँगनमा भेटिन्छन । तिब्र रुपमा चुनावी गतिविधि गरीरहेका राणाले चुनावी सभालाई भन्दा बढि ब्यक्तिगत भेटघाटलाई महत्व दिदैै आएको देखिन्छ ।
नेकपा एमाले र राप्रपाका साझा
उम्मेदवार बनेका राणा समर्थन गरेकै कारण उनी
बाँकेकै बलियो उम्मेदवारका रुपमा अगाडी देखिएका छन ।
निर्वाचन क्षेत्र जनसंख्या र विकासको दृष्टिकोणले देशकै महत्वपूर्ण निर्वाचन क्षेत्र मध्येको एक हो ।
घरदैलोमा ब्यस्त महामन्त्री राणा बाँकेको क्षेत्र नम्बर २ अन्तरगत रहेको प्रतिनिधी सभा र चुनावी अभियानलाई शसक्त अगाडि बढ्नु भएको छ ।
महामन्त्री राणा सहितका उम्मेदवारहरुले भेटघाटलाई तिब्रता दिएका छन् । अघिल्लो पाँच
वर्षे कार्यकालमा उक्त निर्वाचन क्षेत्रमा भए गरेका विकासका काम र आगामी दिनमा गर्नुपर्ने कामको बारेमा मतदाताहरुसँग छलफल गर्ने क्रममा
महामन्त्री राणाले विकास नै आफ्नो सबैभन्दा ठुलो एजेण्डा रहेको बताउने गरेका छन ।
आफ्नो पाँच वर्षे कार्यकालमा क्षेत्र नम्बर २ नेपालगन्ज उपमहानगरपालिकाको विकास गर्दा पक्षपात नगरेर
काम गरेको राणाको भनाई छ ।
“क्षेत्र नम्बर २ का बिद्यालयको शैक्षिक सुधार
कार्यक्रमका साथै यहाँको आधारभुत आवश्यकता सडक, बिजुली,स्वास्थ्य ,खानेपानी, हेडमास लाइट, पार्क तथा डुवान नियन्त्रण गर्न उल्लेखनीय काम भएका छन” उनले भने ।
मध्य तथा सुदुर पश्चिम क्षेत्रको मुख्य ब्यापार केन्द्रको रुपमा परिचीत सहरको भन्सार ब्यवस्थापन सडक कालोपत्र नम्बर १ मा देखिने खालका काम भएको महामन्त्री राणाको जोड छ ।
चुनाव जित्नु ठुलो कुरा नभएको बताउँदै उनले मुलुक प्रतिको ईमान्दारिता सबैभन्दा ठुलो कुरा भएकाले राष्ट्रियता र संविधानको रक्षाकालागि राप्रपा एमाले उम्मेदवारलाई मतदान गर्न आह्वान गर्दै आएका छन ।
बाँके क्षेत्र नं. २ मा महामन्त्री राणा राप्रपाको हलो चिन्ह संगै प्रदेश सभा (क) मा विजय बहादुर यादव र प्रदेश सभा (ख) मा निरज गुरुङ नेकपा एमालेको सुर्य चिन्ह बाट उम्मेदवार बनेका छन ।
बाँके निर्वाचन क्षेत्र नम्बर २ मा हाल करिब १ लाख हाराहारी मतदाता छन् । यस निर्वाचन क्षेत्रमा बिगत देखि हालसम्म विभिन्न राजनैतिक दलका
प्रतिनिधिहरूले प्रतिनिधी सभामा प्रतिनिधित्व गर्दै आएका छन ।
यो भन्दा पहिला जसपा बाट मोहम्मद इश्तियाक राई
निर्वाचित भइसकेका छन् । तर जनता माझ भष्टचार र आफ्नो लागि मात्र राजनीति गरेको जनताको भनाई छ ।
डुडुवा गाँउपालिका अहिले पनि सो क्षेत्रमा सडक, बिद्युतिकरण, गुणस्तरीय खानेपानी,
टेलिफोन जस्ता आधारभूत सेवाबाट ती क्षेत्रका नागरिक बञ्चित छ्न ।
बर्षेनी राप्ती नदिको डुवान र कटान समस्या विकराल छ।
तमाम समस्याका बीचमा जनताको विकासको आम चासो रहेको बेला २०७४ मा राप्रपा महामन्त्री तथा नेपालगन्ज उपमहानगरपालिका निर्वतमान मेयर डा.धवल समशेर राणाले स्थानीय चुनाव जिते पछि नेपालगन्जमा आएको परिवर्तन लाई ध्यानमा राखेर अहिले डा.राणा लाई प्रतिनिधी सभा साँसदमा निर्वाचित गर्ने जनता बाट आवाज उठेको छ ।
यस क्षेत्रको साँसद डा.धवल समशेर राणा भयो भने समग्र देशको विकास नेपालगन्ज जस्तै डुडुवा र क्षेत्रको विकासले कोल्टे फेर्नेमा विश्वास लिएको जनता बताउछन ।
२०५४ सालमा नेकपा एमाले बाट मेयर भएर विभिन्न विकास योजना तर्जुमा भए पनि सफल हुन सकेका थिएनन ।
विद्धुतिकरणको काम अलपत्र परेको थिए । अहिले शहरहरु गाँउगाँउ विद्युत पुर्याइएको छ ।
मेयर राणाको ५ बर्षे कार्यकाल उपलब्धिपुर्ण रह्यो । विकास र समृद्धिको यात्रा अघि
अगाडी बढेपछि यस क्षेत्रका जनता निकै खुसी भएको डुडुवाका सुर्यलाल यादव बताउँछन ।
विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरमा सुधार
राणाको पहलमा सो क्षेत्रका बिद्यालयहरुमा भौतिक पुर्वाधार निर्माण गर्न करोडौ लगानी गरिएको छ । छात्रा कलेज र स्कुल संचालन ल्याइएको छ, गुणस्तरीय आधारभुत शिक्षाबाट समेत बञ्चित
भएको नेपालगन्ज राणाकै पहलमा प्राविधिक धारको शिक्षा सुरुवात भएको छ ।
सडक सञ्जालको विकास उत्तर, दक्षिण जोड्ने लगायत थुप्रै सडक सञ्जाल निर्माण गरिएको छ । कटान र डुवान नियन्त्रण र डुवान पीडितहरुको स्थानान्तरण गर्न राणाले
खेलेको भूमिका उल्लेखनीय छ ।
५ बर्षअघि भारी मतले जितेका राणाले
आफ्नो कार्यकाल भित्र वाटरपार्क,कुन्ती ताल ,रानी तलाउ,महेन्द्र जिडियाखाना,सडक संजाल विस्तारको कामलाई व्यापक बनाए ।
गुलरिया सडक संजाल निर्माणकालागि नेतृत्वदायी भुमिका खेलेका राणाकै पहलमा अहिले उक्त बाटोको पहिलो चरणको काम सुरु भएको थियो ।
बाँके जिल्ला अधिकारी राम बहादुर कुरुवाङ्ग संग सहकार्य गरेर गुलरिया जाने बाटोमा मानपुर मोडको घरको ब्यवस्थापन गरि सडक चौडा बनाउन महत्त्वपूर्ण भुमिका खेल्ने मेयर राणा हुन ।
विकास योजना निम्न अनुसार भएका थिए ।
लामो समय देखि अस्तव्यस्त नेपालगन्जको मुख्य बजार सदरलाईन विस्तार र व्यवस्थापन।
नेपालकै पहिलो अत्याधुनिक ल्यान्डफिल साइड (फोहोर फाल्ने ठाउँ ) निर्माण तथा व्यवस्थापन ।
शहर भित्र रहेका तलाउहरु वाटरपर्क , रानी तलाउ , कान्ति ताल जस्ता तालतलैया व्यवस्थापन तथा निर्माण ।
अत्याधुनिक बसपार्क निर्माण ।
आवश्यकता अनुसार नगरका ११ ठाउँका शौचालय निर्माण तथा ४ वटा घुम्ती शौचालय सञ्चालन ।
महिला उद्यमीका लागि ” कोसेली ” घर निर्माण ।
नगर भित्र लगभग १०० किलोमीटर कालोपत्रे र २०० वटा पी सी सी सडक निर्माण सम्पन्न
छात्रा कलेजका लागि ४० कोठे भवन निर्माण गरी हस्तान्तरण ( मंगल प्रसाद मा. वि. )
मधेसी मुस्लिम समुदायलाई लक्षित गरी छात्रा स्कूल सञ्चालन ( सल्यानी बंगला)
लामो समय देखि अस्तव्यस्त लथालिङ बागेश्वरी मन्दिर व्यवस्थित र आर्थिक पारदर्शिता कायम ।
शहर उज्यालो बनाउने उदेश्यका साथ नेपालमै पहिलो पटक हाईमास्ट लाइट जडान
७०० क्षमता भएको सभाहल ( सिटीहल ) निर्माण ( वडा न १४)
यातायात सुविधाकोलागि नगरभित्र नगर बस सञ्चालन ।
नगरपालिका भित्र शुन्य भ्रष्टाचार र पारदर्शिता कायम ।
बालिका शिक्षा मुद्दती खाता सञ्चालन, बालकोष स्थापना तथा बालमैत्री वडा घोषणा ।
लैंगिक हिंसा निवारण कोष स्थापना तथा अपाङ्गता परिचयपत्र वितरण ।
शहरमा सुविधा सम्पन्न सपिङ्ग कम्प्लेक्स निर्माण सुचारु ( पुरानो नगर भवन )
महामारी कोविड १९ मा नेपाल – भारत सीमामा होल्डिङ सेन्टर, अस्थाई अस्पताल,आईसोलेशन सेन्टर र हेल्थ डेस्क सञ्चालन गरु।
आगलागी नियन्त्रण गर्न अत्याधुनिक दमकल सहित दमकल भवन निर्माण ।
आयआर्जनको लागि तालिम प्रदानगरी रोजगारीको व्यवस्थापन गर्ने उदेश्यले स्थाई तालिम केन्द्र निर्माण ( रामलीला मैदान नजिक )
सुर्खेतरोड लगायत विभिन्न ठाउँ र पार्कहरुमा वृक्षारोपण ।
शहरभित्र धार्मिक सदभाव कायम ।
नगरभित्रको समसान घाट र कब्रिस्तान ब्यबस्थापन ।
दुई कार्यकाल आफुले पायको तलब भत्ता गरीब ,निमुखा ,असाह्य तथा विभिन्न संघ-संस्थाहरुलाई प्रदान ।
महिला मैत्री र भयरहित नगरपालिका संचालन ।
नगरपालिकामा साना ठुला ब्यावसाय प्रबर्द्धन तथा नगरपालिकाको आयबृद्दी गर्नको लागि साना ठुला २०० वटा सटर निर्माण ।
महेन्द्र बहुमुखी क्याम्पसमा डिग्री-ब्लक भवन निर्माण ।
नेपालगन्ज लाई मेडिकल हब बनाउने क्रममा चिकित्सा फोहर ब्यबस्थापनको अवधारणा ।
भेरी अस्पतालमा आउने बिरामी र कुरुवाको लागि सस्तो खाना खुवाउन अंजनी माता रसोईलाइ निरन्तर आर्थिक सहयोग गर्ने व्यवस्था गरेको ।
अफ्नो कार्यकालको अधिकांश समय शिक्षामा खर्च गरेका राणाले पाँच वर्षको अवधिमा अफ्नोे निर्वाचन क्षेत्रका बिद्यालयहरुको भौतिक संरचना
सुधारका लागि (स्थानीय पुर्वाधार विकास साझेदारी
कार्यक्रम) समेत गरि थुप्रै विद्यालयलाई भौतिक तथा प्राविधिक रुपमा सक्षम बनाउन सफल भएका छन ।
उनको सपनाले सार्थकता पाउँदै छ,आफ्नो पहलमा नेपालगन्जका अधिकांश विधालयमा कम्युटर ल्याब स्थापना गरिएको छ ।
नेपालगन्ज वागेश्वरी मन्दिरको योग तथा प्रकृतिक चिकित्सालय निर्माणमा पनि राणाको ठुलो
योगदान छ ।
कोरोना कालमा अक्सिजनका सिलिन्डर खरिदका लागि राणाले सरकार संग र विदेशबाट हारगुहार गर्दै
आइसोलेसन,भेन्टिलेटर,बाल मन्दिर स्कुलमा संचालनमा ल्याएका थिए ।
अफ्नो ५ बर्षे कार्यकालमा स्वच्छ खानेपानीका लागि उल्लेख्य कामहरु भएका छन । जनतालाई सर्वसुलभ स्वच्छ खानेपानी पुर्याउनुपर्छ पर्छ भन्ने
हेतुले अफ्नो कार्यकालमा बढी खानेपानी आयोजनाको सुरुवात गरिएको छ ।
भौतिक पुर्वधारका कामहरु कतिपय निर्माण सम्पन्न भई सकेका छन् भने कतिपय निर्माणकै क्रममा रहेका छन ।
विकास र सम्भावनाको जग बसाल्ने काम गरेको अफ्नोे ५ वर्षे कार्यकालमा थुप्रै उदाहरणीय र नमुना कामहरुको सुरुवात भएको बताउछ्न राणा ।
संघ तथा प्रदेश सभा निर्वाचनमा बाँके २ बाट प्रतिनिधिसभा सदस्यका
लागि उम्मेदवारी दिएका राणाले नेपालगन्ज र डुडुवा समुन्नत र आधुनिक सहर बनाउने योजना अघि सारेका छन ।
डुडुवा विकासको मुलधारमा ल्याएका राणाले कृषि पर्यटन र रोजगारीको सृजना गरि समृद्ध बाँके निर्माण गर्न, भुमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या
समाधान गर्ने कामलाई प्रथमिकतामा राखेका छन ।
आगामी कार्यकाल रोजगारीको खोजीमा रहेका हजारौं युवा जनशक्ति, पढेरपनि काम गर्ने अवसर नपाएका युवालाई अवसर प्रदान गर्ने उनको भनाइ
छ ।
गुणस्तरीय शिक्षाको खोजीमा रहेका युवायुवती सम्बोधन गर्ने गरि आफू अगाडी बढ्ने राणा बताउँछन सडक देखि सदन सम्मका लागि परिपक्व र
सालिन नेतृत्व छवि बनाएका राणाले नागरीकका मैलिक अधिकार जसरी पनि कार्यन्वयन गरेर अगाडी बढने बताउँछन ।

राप्रपा एमालेको तालमेलले सरकार निर्माण हुने भन्दै उनले बिगतको अनुभव र नयाँ सोचले समग्र निर्वाचन क्षेत्रबासीको सपनालाई यर्थाथतामा
बदलेर बाँके क्षेत्र नं २ बासीको भविष्य कोर्न आफू सक्षम रहेको बताउँछन् ।