बाँके -बाँकेको नेपालगन्ज त्रिभुवन चोकको उद्योग वाणिज्य संघको कार्यालयको पुर्व तर्फ एमाले र राप्रपा क्षेत्र नम्बर २ को चुनाव प्रचार प्रसार कार्यालयको सचिवालय उदघाट्न भएको छ ।
नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला सह इन्चार्ज मो.हारुन र प्रतिनिधि सभा सदस्य बाँके क्षेत्र नम्बर २ का उम्मेदवार डा.धवल सम्शेर राणाले संयुक्त रुपमा उदघाटन गर्नु भएको हो ।
प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रचार प्रसारको लागि नेकपा एमाले र राप्रपाले आज बाँके क्षेत्र नंं २ प्रदेश ख को सम्पर्क कार्यालय स्थापना गरेको हो ।
नेकपा एमाले बाँकेका सह इन्चार्ज मो.हारुनले बाँके क्षेत्र नं २ अत्याधिक मतले जित्ने जिगिर गर्दै चुनावी प्रचारप्रसार सचिवालय कार्यालय स्थापना गरेर चुनावी प्रचार अभियानलाई प्रभावकारी बनाईने बताए ।
कार्यालय स्थापना समारोहमा राप्रपा केन्द्रिय सदस्य नन्द लाल बैश्य ,क्षेत्र नम्बर २ नेकपा एमाले प्रतिनिधि सभा समानुपातिक उम्मेदवार दिपा शर्मा ,पशुपति दयाल मिश्र लगायत पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
प्रदेश तथा क्षेत्रस्तरीय सम्पर्क कार्यालय स्थापना लगत्तै क्षेत्रभरी वडास्तरमा नेकपा एमाले र राप्रपाको संयुक्त निर्वाचन परिचालन कमिटी गठन हुने राप्रपा केन्द्रिय सदस्य बाँकेका नन्द लाल बैश्यले बताउनुभयो ।
नेकपा राप्रपाको तर्फबाट बाँके क्षेत्र नं.२ प्रतिनिधिसभा सदस्यमा पार्टी राप्रपा महामन्त्री डा.धवल सम्शेर राणा एमाले प्रदेश क मा विजय यादव र प्रदेश ख मा निरज गुरुङ्ग उम्मेदवार बन्नुभएको छ ।