विनोद शाही मुगु– स्थानीय रेडियो एफ एम संचालनका लागि सम्भायता अध्ययन र अनुगमनमा धर्म बहादुर शाही लागि पर्नु भएको छ ।
मुगु जिल्लाको सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले आइतबार सोरु गाउँपालिका ६ सोरुकोट स्थित देउबाज आसपास क्षेत्रमा एफ एम रेडियो संचालनको लागि भवन निर्माण गर्न ठाउँ छ्नोट्को लागि अनुगमन गरि सम्भाव्यता अध्ययन गर्नु भएको हो ।
स्थानीय तहमा संचालन गरिने एफ एम रेडियो संचालनको लागि सोरु गाउँपालिकाको दशौ गाउँ सभा बाट बजेट बिनियोजन भैसकेकोले यहि आव २०७९/०८० मै सम्पुर्ण काम सम्पन्न गरि एफ एम सन्चालनमा ल्याउने पनि अध्यक्ष शाहीले भन्नू भयो।
शाहीले स्थानीय सरकार संचालन एन २०७४ को दफा ३ को (ग) अनुसार १०० मेगावाट सम्मको एफ एम रेडियो संचालन अनुमति अनुसार गाउँपालिकाले आफ्नै रेडियो संचालन गर्न लागेको जनाएको छ ।
रेडियो संचालन बाट देश तथा बिदेशका सत्य तथ्य समाचार, दैनिक घटना सार्बजनिक सूचना प्रसारण ,जनचेतना मुलक सन्देश फैलनुका साथै युवाको नेतृत्व विकास तथा रोजगारी समेत बढने गाउँपालिका विश्वास लिएको छ ।
हावादारि पैसा उडाउने काम मात्र हो