दाङ – कपास विकास समिति खजुराको आयोजनामा दाङको लमहीमा कपासको खेती गर्ने किसानलाई तालिम सञ्चालन गरी सम्पन्न भएको छ।
कपास विकास समितिका अधिकृत बिजय कुमार जोशीको सभापतित्वमा र कपास विकास समिति केन्द्रिय कार्यलय अध्यक्ष हेमन्त राज काफ्लेको प्रमुख अतिथ्यमा स्थानिय कपास किसान लक्षमण केसीले कार्यक्रमको संचालन गरेका थिए ।
किसानलाई तालिम कपास बिकास समितीका साहेक प्राबिधिक हिरालाल चौधरीले दिएका थिए किसानलाई माटो कसरी छनोट गर्ने , कस्तो तरिकाले लगाउने , कति दाना बीउ हाल्ने , कति दुरि , कति पानी गोडमेल कसरी गर्ने भन्ने बारे प्राबिधिक चौधरीले प्रष्ट पारेका थिए र अधिकृत बिजय कुमार जोशीले कपास लगाई सके पछि हुने चुनौती हरु विभिन्न जातिका किराहरुको बारेमा तिनिहरुको आक्रमण बाट बच्ने किटनासक औषधि र घरेलु उपाएको बारेमा जानकारी दिएका थिए र किसानहरुलाई उत्प्रेरित गर्न यो बर्ष आफुले भाडामा जमिन लगेर ब्यक्तिगत एक बिगाहा मा कपास लगाउने जोसिले किसानलाई बताएका थिए।
तालिम निकै उपलब्धि मुलक भएको र यस्ता तालिमहरु नियमित गर्दिएको भए अझै राम्रो हुने स्थानीय माया भण्डारीले आफ्नो बिचार राखेकी थिईन ।
उक्त तालिममा २५ बढी कपास लगाउने किसानको उपस्थिति थियो ।
तालिम समापनमा प्रमुख अतिथि काफ्लेले बोल्दै किसान भनेको देशको मेरुदण्ड हो । कपास किसानको पीडा भनेको समग्र कपास बिकास समितिकै पीडा हो किसान र कपास बिकास एक अर्का बिच नङ र मासुको सम्बन्ध छ र आफुले किसानको समस्या बुझेर नयाँ कपासको बीउ ल्याएको र पानीको समस्या दुर गर्न पानी सन्चय गर्ने केही प्राविधि अपनाउने नियमित प्राबिधिक पठाउने र गाउले को निकै आवस्यक जोत्नका लागि कपास बिकास समितीको तर्फ बाट एउटा हाते ट्याक्टर सहयोग गर्ने र किसानका मागहरु सबै पुरा गर्ने प्रतिबद्धता गरे कपासमा ठूलो सम्भावना देखिएको यो ठाउँ ४० बिगाहा जति मा कपास लगाईन्छ बार्सिक ३५ टन कपासको पक्क्ड एरिया भएको अधिकृत जोसीले तालिम समापनमा भने र यसरी कपास बिकास समितीको अध्यक्ष फिल्डमा आएको कपास विकास समितीको ईतिहासमै पहिलो पटक भएको जोसि ले बताए र यस्ले किसानलाई हौसला मिल्ने र यो ठाउँ र किसानको मर्का नि अध्यक्षले बुझ्नु हुने छ भनेका थिए ।