काठमाडौंको धोबी खोलामा एक जनाको शव भेटिएको छ ।

सुकेधारबाट कपन जानेबाटो नजिक खोलामा पुरुषको शव फेला परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको र शव निकालेर पोष्टमार्टमका लागि पठाइएको छ ।

