कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य उर्जा / कृषि

किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण blog

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ श्रावण १५, मंगलवार ११:४५
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, साउन १५ गते । सांसदहरुले किसानका समस्या समाधान गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद माधव सापकोटाले किसानलाई दूधको बक्यौता रकम तत्काल उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानार्कषण गराउनुभयो ।

उहाँले दूध किसानको समस्यामा सरकारको ध्यानार्कषण गराउँदै सभामुख देवराज घिमिरेलाई यस विषयमा रुलिङको लागि आग्रहसमेत गर्नुभयो । “आज साउन १५, देशैभर खीर खाएर मनाइरहेका छौँ । तर बडो दुःखको कुरा किसानहरुले मेहनत र दुःख गरेर उत्पादन गर्ने दुःखको मूल्य सात महिनादेखि बक्यौता बाँकी छ”, सांसद सापकोटाले भन्नुभयो, “उता दुग्ध विकास संस्थान करिब विघटनको संघारमा छ । विषयको गाम्भीरता बुझेर सभामुखमार्फत रुलिङका लागि माग गर्दछु ।”

सांसद रामकृष्ण यादवले तराई-मधेसमा खानेपानी र सिँचाइको व्यवस्था गर्न माग गर्नुभयो । सांसद लालवीर चौधरीले बर्दिया जिल्लाका किसानलाई आवश्यक मलखाद छिटो उपलब्ध गराउन माग गर्नुभयो ।  सांसद रुक्मणी राना बराइलीले किसानलाई वन्यजन्तुबाट प्रभावित हुन नदिनका लागि तीनै तहको सरकारको प्रयास पर्याप्त नभएको बताउनुभयो । उहाँले बाँदर र हात्तीको आक्रमण नियन्त्रणका लागि सरकारको ध्यानार्कषण गराउनुभयो ।

सांसद राजेन्द्र केसीले उपसभामुख इन्दिरा रानाले अमेरिकाको भिसाका लागि सिफारिस गर्नुभएका व्यक्तिबारे प्रश्न उठाउँदै यसबारे सदनलाई जानकारी गराउन सभामुख समक्ष आग्रह गर्नुभयो । “यी व्यक्ति फरक–फरक पेसामा आबद्ध छन्, अन्तर्राष्ट्रिय महिलाकर्मी होइनन्, अन्तर्राष्ट्रिय मञ्चमा भाग लिन योग्य छैनन्”, सांसद केसीले भन्नुभयो, “कस्ता कस्ता व्यक्तिलाई सिफारिस गर्नुभयो ? कुन प्रयोजन र उद्देश्यका लागि यी व्यक्ति सिफारिस गर्नुभयो । त्यसको सभामुखमार्फत जानकारीका लागि माग गर्दछु ।”

सांसद रणकुमारी बलम्पाकी मगरले सिन्धुली जिल्ला हुँदै  जाने मध्यपहाडी राजमार्गमा स्थानीय किसानको जमिन परेको तर अहिलेसम्म पनि उक्त सडकमा पर्ने जग्गाको लगत कर तिर्न बाध्य भएको भन्दै तत्काल लगत कर कट्टा गर्न माग गर्नुभयो । “बनेपा-बर्दिवास सडक निर्माणका क्रममा स्थानीयलाई फिर्ता गर्ने भनिएका जग्गा हालसम्म फिर्ता भएको छैन । स्थानीयलाई घर बनाउन र बेच्ने वातावरण बनाउनुपर्छ”, सांसद मगरले भन्नुभयो ।

सांसद भगवती चौधरीले देशभर बाढीपहिरोबाट पीडितहरुको समस्या समाधानका लागि सरकारको ध्यानार्कषण गराउनुभयो । सांसद मङ्गलप्रसाद गुप्ताले कपिलवस्तु जिल्लामा बाढीले प्रभावित भएकोतर्फ ध्यानार्कषण गराउदै थप क्षति न्यूनीकरणका लागि बाधँको व्यवस्था गर्न माग गर्नुभयो । सांसद रामशङ्कर यावदले सिरहा र सप्तरीमा बलान नदीमा देखिएको समस्या समाधानको माग गरे पनि सरकारको ध्यानार्कषण नभएको भन्दै गुनासो व्यक्त गर्नुभयो । सांसद भीमप्रसाद आचार्यले सुनसरी र विराटनगर जिल्लामा भन्सारको व्यवस्थापन र सञ्चालनका लागि सरकारको ध्यानार्कषण गराउनुभयो ।

यस्तै, सांसद मनिष झाले जहाज दुर्घटनाको अनुसन्धानका क्रममा सङ्कलन गरिएको ‘भ्वाइस रेकर्ड’ बाहिरिएकाबारे अनुसन्धान गर्नुपर्ने बताउनुभयो । सांसद महेशकुमार बर्तौलाले स्वास्थ्य बीमा कार्डमार्फत देशका जुनसुकै उपचार पाउने व्यवस्था गर्न माग गर्नुभयो । सांसद महेश बस्नेतले इलामका लोपोन्मुख लोक्पा जातिको उक्त जिल्लामा रहेको साँस्कृतिक धरोहर एवम् पुरातात्विक महत्वको गुम्बा संरक्षणका लागि माग गर्नुभयो । सांसद मीना तामाङ्ले अघिल्लो सरकारले उठाएको मुद्दा वर्तमान सरकारले उल्टाउने काम गरेकोमा शङ्का व्यक्त गर्नुभयो ।

सांसद मुक्ताकुमारी यादवले माध्यमिक शिक्षा परीक्षा(एसइई)को पुरक परीक्षाको नतिजा प्रकाशन समयमा गर्न अग्रीम ध्यानार्कषण गराउनुभयो । सांसद मेनकाकुमारी पोखरेलले दाङ जिल्ला अस्पतालमा स्वास्थ्य उपकरणको मर्मत नहँुदा बिरामीले सास्ती भोग्नु परेको भन्दै स्वास्थ्य उपकरण खरिददेखि मर्मत सम्भारका लागि सम्बन्धित मन्त्रालयको ध्यानार्कषण गराउनुभयो । सांसद मैना कार्कीले मानसिक स्वास्थ्य विकराल बन्दै गएको तथ्याङ्क प्रस्तुत गर्दै यसबारे सचेतना फैलाउन र उपचारको पहुँच सबैमा पुर्याउनका लागि स्थानीय तहको संरचनालाई सक्रिय बनाउन आग्रह गर्नुभयो ।

सांसद रघुजी पन्तले संस्कृति र भाषा संरक्षणमा योगदान पुर्याउने साप्ताहिक पत्रिकालाई आवश्यक विज्ञापन र बजेट व्यवस्था गर्न सम्बन्धित मन्त्रालयको ध्यानार्कषण गराउनुभयो । सांसद रणेन्द्र बरालीले भ्रष्टाचारको मुद्दामा सरकार व्यक्ति विशेष लचिलो हुन नहुनेमा जोड दिनुभयो । सांसद राजेन्द्र बजगाइँले सांसदले सदनमा उठाउनुभएको विषयलाई नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशकले सामाजिक सञ्जालमा गर्नुभएको टिप्पणीप्रति आपत्ति जनाउनुभयो ।

सांसद रामकुमार राईले सरकारले एकै पटक धेरै सचिव र राजदूत सरुवा एवम् फिर्ता गर्ने गरेको निर्णयप्रति आशङ्का व्यक्त गर्नुभयो । सांसद विजुला रायमाझीले प्रकोपको उच्च जोखिममा महिला र बालबालिका रहेकोप्रति सचेत गराउनुभयो । सांसद रोशन कार्कीले राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले एसइई परीक्षामा सम्मेलित विद्यार्थीको भविष्यसँग खेलवाड गरेको आरोप लगाउनुभयो । “१८ हजार ६ सय विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएकोमा छ सय २१ जना विद्यार्थीको नतिजानै फरक परेको छ । यसरी विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नेलाई कारबाही गर्नुपर्छ ”, सांसद कार्कीले भन्नुभयो ।

सांसद लक्ष्मी तिवारीले नेपाली खेलाडीको क्षमता अभिवृद्धिका लागि आवश्यक वातावरण बनाउनुपर्ने बताउनुभयो । सांसद लालप्रसाद सावा लिम्बूले देशभर रहेका स्यानिटर प्याड तथा डाइपर उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ आयातमा लगाइएको कर घटाउन माग गर्नुभयो । रासस 

Previous Post

साउन १३ गतेसम्म ९२.४ प्रतिशत रोपाइँ

Next Post

‘साना दल अस्थिरताका कारण बने, ‘थ्रेसहोल्ड’ ३ प्रतिशतबाट बढाउँछौँ’

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ श्रावण १५, मंगलवार ११:४५
42
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ श्रावण १५, मंगलवार ११:४५
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ श्रावण १५, मंगलवार ११:४५
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ श्रावण १५, मंगलवार ११:४५
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८१ श्रावण १५, मंगलवार ११:४५
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८१ श्रावण १५, मंगलवार ११:४५
19
Next Post

‘साना दल अस्थिरताका कारण बने, ‘थ्रेसहोल्ड’ ३ प्रतिशतबाट बढाउँछौँ’

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि बोक्सी प्रथा ठुलो चुनौती हो’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ श्रावण १५, मंगलवार ११:४५
42

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ श्रावण १५, मंगलवार ११:४५
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ श्रावण १५, मंगलवार ११:४५
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ श्रावण १५, मंगलवार ११:४५
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.