कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

मनसुनी विपत्को जोखिम बढ्यो

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ असार २८, शुक्रबार ०२:४६
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, असार २८ गते । यो वर्षको मनसुनको एक महिनामा पूर्वतयारी र पूर्वसूचना प्रणाली बलियो रहँदा जनधनको क्षति कम रह्यो तर अधिक वर्षाका हिसाबले उच्च जोखिम थप बढेको विज्ञहरूले बताएका छन् ।

मनसुनको एक महिनाको अवधिमा मनसुनजन्य विपत् बाढीपहिरो र चट्याङ, सर्पदंश, आगलागीलगायतबाट ८९ जनाको ज्यान गएको छ । अन्य सात जना बेपत्ता रहेका छन् । यस अवधिमा १६९ जना घाइते भएका छन् । करिब तीन हजार पाँच सय जना विस्थापित भएका छन् । झन्डै २८ करोड रुपियाँ बराबरको आर्थिक क्षति भइसकेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

बिहीबार मात्र चार जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो । जस अनुसार बाढीबाट एक, पहिरोबाट दुई र चट्याङ लागेर एक जनाको मृत्यु भएको हो ।

मनसुनको सुरुवातदेखि नै वर्षाको असर जनजीवनमा अत्यधिक भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “मनसुनभरि नै सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान थियो तर पहिलो हप्ताबाटै पूर्ण रूपमा विकसित भएर क्षति गर्छ भन्ने थिएन ।”

उहाँका अनुसार पोहोरको पाठ सिक्दै यसपालि राम्रो पूर्वतयारी गरिएकाले जनधनको क्षति हालसम्म कम छ तर वर्षाको आक्रमण भने पूर्वानुमानले भने जस्तो सुरुवातको दुई महिना कम रहेन । अहिलेको वर्षाको प्रवृत्ति २०५० सालमा बाढी ल्याएको वर्षाको जस्तो रहेको दाबी उहाँले गर्नुभयो । त्यो बेला पनि यस अवधिकै आसपास अत्यधिक वर्षा हुँदा देशका विभिन्न स्थानमा ठुलो बाढीपहिरो गएको थियो । त्यो वर्ष नेपालमा एक हजार १७० जनाको ज्यान गएको थियो । साथै पाँच लाख जनसङ्ख्या प्रत्यक्ष प्रभावित बनेका थिए ।

मनसुन अवधिको क्षति रोक्न जल तथा मौसम विज्ञान विभागको निरन्तरको वर्षा अनुगमन र पूर्वानुमानसहितको पूर्वसूचना प्रणाली बलियो देखिएको छ । जस अनुसार तीन तहकै सरकार, प्राधिकरण र प्रमुख सरोकारवाला पक्षको तयारी पनि बलियो बनेको दाबी पोखरेलले गर्नुभयो ।

त्यो समयमा भारी वर्षाको रेकर्ड ५४० मिलिमिटर परेको थियो । यो वर्षको असार २३ र २४ गतेभित्रको २४ घण्टामा कञ्चनपुर क्षेत्रमा ६२४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यो वर्षाले विगत ७८ वर्षमा भएको अधिक वर्षाको रेकर्ड तोडेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

वर्षाको रेकर्ड ब्रेक भएपछि त्यसको थप अध्ययन गर्न विभागले मौसमविद् इन्दिरा कँडेलको नेतृत्वमा टोली त्यसतर्फ खटाएको छ । वर्षापछिको त्यस क्षेत्रको अवस्था तथा मापन गर्ने यन्त्रको अवस्थासमेत अध्ययन टोलीले गर्ने विभागले औँल्याएको छ ।

रेकर्ड ब्रेक अवस्थाको वर्षाले भने आगामी दिन झन् जोखिमपूर्ण रहने सङ्केत गरेको प्राधिकरणका प्रमुख पोखरेल बताउनुहुन्छ । अहिलेको तयारीलाई बलियो बनाउने गरी प्राधिकरणले पूर्वतयारीका लागि आवश्यक सामग्री हरेक प्रदेश र जिल्लामा दोब्बर बनाउने तयारी बिहीबारदेखि नै थालेको छ । जस अनुसार ती क्षेत्रमा थप सामग्री पठाउने क्रम सुरु भएको छ ।

गृह मन्त्रालय, मौसम विभाग, नेपाली सेना, नेपाल रेडक्रम सोसाइटीलगायतका प्रमुख विपत् साझेदारले विपत् न्यूनीकरणको सञ्जाललाई थप सक्रिय बनाउने अभियान पनि थालेको छ ।

उच्च जोखिमयुक्त स्थानमा जडान गरिएका विपत्को जानकारी दिने साइरन बज्ने प्रविधिलाई थप बलियो बनाउन पहल भएको छ । देशका ४९ स्थानमा त्यस्ता साइरन जडान भएका छन् ।

Previous Post

त्रिशूली नदीमा दुई वटा बस खस्याे, ६४ जना यात्रु बेपत्ता

Next Post

कास्कीमा बाढीपहिरो परेर ११ को मृत्यु, चार जना घाइते

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ असार २८, शुक्रबार ०२:४६
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ असार २८, शुक्रबार ०२:४६
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ असार २८, शुक्रबार ०२:४६
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ असार २८, शुक्रबार ०२:४६
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८१ असार २८, शुक्रबार ०२:४६
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८१ असार २८, शुक्रबार ०२:४६
21
Next Post

कास्कीमा बाढीपहिरो परेर ११ को मृत्यु, चार जना घाइते

त्रिशूलीमा बेपत्ता झण्डै ५४ मध्ये १७ जनाको नाम खुल्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ असार २८, शुक्रबार ०२:४६
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ असार २८, शुक्रबार ०२:४६
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ असार २८, शुक्रबार ०२:४६
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ असार २८, शुक्रबार ०२:४६
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.