


पर्सा, असार १७ गते । बीरगञ्ज आर्दशनगर मेनरोडस्थित सिद्धार्थ बैंकमा सोमबार आगलागी भएको छ । करिब साढे ४ बजेदेखि लागेको आगलागी साँझ ६ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बताउनुभयो।



उहाँले आगो निभाउन बीरगञ्ज महानगरपालिका जितपुर कलैया पोखरीया नगरपालिकाका ६ वटा बारूणयन्त्र लगायत ठुलो संख्यामा नेपाली सेना शसस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिएको छ । प्रहरी उपरीक्षक ढुंगेलले आगलागीको कारण खुल्न नसके पनि कुनै प्रकारको मानवीय क्षति नभएको बताउनुभयो ।



मुख्य सडक तथा घना बस्तीमा बैंक रहेकाले आगो नियन्त्रण गर्न केही समय लागेको भए पनि आगलागीको कारण र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढुंगेलको भनाइ छ ।













