गणेश भुषास स्थलगत रिपोटिङ डोल्पा – ठूलीभेरी नगरपालिका ३ दुनै देखि तिप्ला जोड्ने बाटोमा पर्ने खोलामा गएराति भएको बर्षाको कारणले पहिरो आएको छ।पहिरोले गोरे रोका र भुपने बुढाको घर बगाएको छ ।
गए राती परेको वर्षाको कारण गएको पहिरो गोरे रोकाको परिवार भाग्न सफल भएको छ भने बङगुर फारम र गोठ समेत बगाएर लगेको छ ।
१ वटा बडगुर, १ वटा खसी र १ वटा गाई पहिरोमा पुरिएकोछ र गोरे रोकाले गरेको तरकारी खेति समेत पुरिएको छ ।
नगर प्रमुख स्वबर्ण बुढा, जिल्ला समन्वय समितिका उपाध्यक्ष तेजेन्द्र ब. बुढा, डोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष लालिमान बुढा, नेपाली कांग्रेस जिल्ला सचिव हिक्मत शाही, नेपाली कांग्रेस क्षेत्र नं. क. का सभापती केशव बुढा र ठूलीभेरी नगरपालिका शिक्षा शाखा नि. प्रमुख कमल बुढा सहितको टोलीले पहिरोको स्थालगत निरिक्षण गरि पिडितलाई ग्यास चुल्हाको सेट, ५० केजी चामल, ५ केजी दाल, चाउचाउ, चिउरा, नुन, तेल, चिनी जस्ता खाद्यन्न सामाग्री वितरण गरेको छन ।
२ बटा स्काभेटर प्रयोग गरि पहिरो हटाउन नगर प्रमुख स्वबर्ण बुढाले निर्देशन दिएका छन ।
भौगोलिक अवस्थालाई ध्यानमा नराखी गरिएको शक्ती र पहुँचको भरमा दुनै देखि तिप्ला जोडने बाटोको कारण डोल्पा जिल्लाको सदरमुका दुनै बजार जोखिममा परेको छ । विकास आवश्यक पर्ने तर आफ्नो शक्ति देखाउन विना अध्ययान बनाइएको बाटोले विकास नभई विनास गर्ने र यस्ता काम कसैले पनि नगर्न नगर प्रमुख स्वबर्ण बुढाले आग्रह गरेका छन ।
