बाँके – स्वास्थ्य कार्यालय बाँकेको आयोजना र सिद्वार्थ बैंक बि पि चोक शाखा नेपालगंज को समन्वय र नेपाल रेडक्रस सोसाइटि को प्राविधिक सहयोगमा गणतन्त्र दिवसको अवसर पारेर बृहत रक्तदान कार्यक्रम संचालन गरेको छ ।
आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ नेपाली जनताको आन्दोलन र परिवर्तनको आकांक्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा यो रक्तदान कार्यक्रम भेरि अस्पतालको परिसरमा रहेको नेपाल रेडक्रस सोसाइटीको रक्तदान कक्षमा उक्त कार्यक्रम संचालन गरेको हो ।
देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउदै आइएको छ।
नेपालगंज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट , प्रमुख जिल्ला अधिकारि खगेन्द्र रिजाल, जिल्ला प्रहरि कार्यालय प्रमुख भेरि अस्पताल बरिष्ट फिजिसियन राजन पाण्डे , प्रहरि उपरिक्षक तुल बहादुर कार्कि , सिद्वार्थ बैंक वि पि चोक नेपालगंज शाखा प्रमुख दिलिप पंगालि, स्वास्थ्य कार्यालय फोकल प्रसन देव नारायण उपाध्याय , र तथाङक अधिकृत मदन पालले रक्तदान गरि रक्तदान कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले नेपालमा गणतन्त्र आइसकेपछि जनताले अपेक्षा गरे अनुरुप केही परिवर्तन भइरहेको बताउँदै गणतन्त्रको अवसरमा रक्तदान कार्यक्रम गरि धेरैलाई जीवन दान गर्ने महत्वपूर्ण कार्य गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता गरिरहनु भएका नेपालगंज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले पछिल्लो समय सामाजिक कार्यमा सहकार्यता भन्ने शिर्षकमा रहेर समाज र सामाजिक कार्यमा नेतृत्व गरिरहेको बताउँदै १७ औँ गणतन्त्र दिवसको अवसरमा मंगलवार रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभएको थियो ।
शसस्त्र प्रहरि बल ३० नम्बर गण शसस्त्र प्रहरि नायव उपरिक्षक ललित शाहिको नेतृत्वको शसस्त्र जवानहरु उपस्थिति सहित रक्तदान गरेको स्वास्थ्य कार्यालय फोकल प्रसन देव नारायण उपाध्याय ले जानकारि दिनु भयो
रक्तदान कार्यक्रमको अध्यक्षता नेपालगंज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले गर्नुभएको थियो ।
रक्तदान कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटी भेरि अस्पताल रक्त संचारको प्राविधिक सहयोग रहेको थियो ।
सिद्वार्थ बैंक बि पि चोक शाखा प्रमुख दिलिप पंगालिले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने बताउनु भएको छ ।
उक्त कार्याक्रममा १०० जना जति ले रक्तदान गर्ने अनुमान गरिएको स्वास्थ्य कार्यालय तंथाङ शखा अधिकृत मदन पालले जानकारी दिनु भयो ।