कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

प्रमुख पर्यटकीय सहर बनाउने लक्ष्य छ

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ जेष्ठ ८, मंगलवार ०४:१४
0
9
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

जुम्ला साबिक पुरानो कर्णाली अञ्चलको प्रशासनिक केन्द्र हो । हिमाली क्षेत्रको प्रमुख प्रशासनिक केन्द्र, ऐतिहासिक चन्दननाथ मन्दिर, डुडुल चैत्य, चेरे चौर र धिमी पार्क, गणेश गुफा, भगवती मन्दिर, कर्णाली प्राविधिक शिक्षालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल चन्दननाथ नगरपालिकाभित्रै पर्छन् । सङ्घीयतापछि यसको विकासको गति अझ बढेको छ।

गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट नगर प्रमुख पदमा निर्वाचित हुनुभएका राजुसिंह कठायतसँग गोरखापत्रका जुम्ला समाचारदाता नेत्रबहादुर शाहीले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :

यहाँ निर्वाचित भइसकेपछि हालसम्मका मुख्य उपलब्धि के के हुन् ?

पहिलो कुरा चन्दननाथ नगरपालिकाले जुम्ला सदरमुकामलाई स्वच्छ, हराभरा बनाउनका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट नगरको मुटुमा रहेको जुगाँडखोला कोरिडोर निर्माण कार्यका लागि काम अगाडि बढाएका छौँ । फोहोर व्यवस्थापनका लागि अल्पकालीन डम्पिङ साइट र दीर्घकालीन समाधानको खोजी गरिरहेका छौँ । नगरपालिकाको पहलमा जुम्ला सदरमुकामको राजासिममा करोडौँको लगानीमा खेलकुद रङ्गशाला निर्माण भइरहेको छ । वडा नं. ५ मा रानीतलाउ निर्माण, ज्येष्ठ नागरिकको आयुर्वेद फार्मेसी तथा उपचार सेवा सुरु, जुम्ला सदरमुकामदेखि चेरे, बजारदेखि दानसाँघु, बजारदेखि विमानस्थलसम्मको सडक कालोपत्रे बनाउने काम भइरहेको छ । नगरपालिकाको वडा नं १० का सहायक मार्ग सडकको कलभर्ड र कालोपत्रे गर्ने कार्य अगाडि बढिरहेको छ । जुम्ला सदरमुकाममा मौलिक ढुङ्गाबाट बाटो निर्माणसमेत भइरहेको छ । कालेखोलादेखि डम्पिङ साइट बाटो स्तरोन्नति तथा कालोपत्रेको काम भइरहेको छ । विद्यालयमा रहेका बालबालिका तथा विद्यार्थीको स्वास्थ्य परीक्षणका लागि विद्यालय नर्स भर्ना, माध्यमिक विद्यालयस्तरमा सेनेटरी प्याड व्यवस्थापन तथा भेन्डर मेसिनको खरिद भइरहेको छ । चन्दननाथ मन्दिरमा नेपाल सरकारको सहयोगमा साढे चार करोडको लागतमा पुरातात्त्विक हिसाबले काम भइरहेको छ । नगरपालिकाले आफ्नो नयाँ भवन निर्माण गरेर आफ्नै भवनबाट काम गरिरहेको छ । नगरपालिकाले दमकल राखेर आगोलागीमा निःशुल्क सहयोग, एम्बुलेन्स र शववाहनबाट सेवासमेत सुचारु गरेको छ । यसै गरी नगरपालिकाको महिला बालबालिका शाखाले नगरपालिकामा ‘म बालविवाह गर्दिनँ’ अभियान चलाएर सामाजिक जागरणको काम सुचारु गरेको छ । स्वास्थ्य क्षेत्रमा स्वास्थ्य संस्थाबाट हुने सेवाको प्राथमिकतासहित विभिन्न खोप अभियान, जनचेतना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालसँगको सहकार्यमा विभिन्न समयमा चिकित्सकको सहयोग लिई काम भइरहेको छ । चन्दननाथ नगरपालिका–१ र ९ लाई कृषि तरकारी पकेट क्षेत्र  र वडा नं. १० लाई कृषि परियोजनाका लागि लिफ्ट सिँचाइ आयोजना कार्यान्वयन तहमा रहेको छ । विभिन्न शाखाले यसका साथै चन्दननाथ नगरपालिकालाई पर्यटकीय र सम्भावनाको सफा सहरको परिकल्पना गरिएको छ ।

यो नगरपालिकाको मुख्य समस्याहरू के के हुन् र कसरी समाधान गर्ने योजना छ ?

सबै प्रकारका आर्थिक सहयोगका लागि नगरपालिकामा माग हुनु, फोहोर व्यवस्थापनमा दीर्घकालीन डम्पिङ क्षेत्रको पहिचान हुन नसक्नु, प्रदेशबाट आउने योजना जिल्लाको मागमा आधारित नहुनुलगायतका समस्या भोग्नु परेको छ । यसका लागि नगरपालिकाले आफ्नो हिसाबले काम गरिरहेको छ । चाँडै यी देखिएका समस्याको समाधान निकाल्ने योजना हामीले बनाइरहेका छौँ ।

आफ्नो पालिकाको विकासका लागि सङ्घीय सरकार र प्रदेश सरकारसँग के कसरी समन्वय गर्नुभएको छ ?

संविधानतः नेपालमा तीन तहका सरकार छन् । हामीले सङ्घीय सरकार र प्रदेश सरकारसँगको सहकार्य पनि उत्तिकै अगाडि बढाएका छौँ । नगरपालिकामा सङ्घीय सरकारको अनुदान आइरहेको छ तर प्रदेश सरकारको बजेटमा थोरै विभेद भइरहेको छ । दुर्गमका स्थानीय तहलाई बजेटमा अझै प्राथमिकता दिन आवश्यक देखिन्छ । भूगोल अनुसार विकास बजेटको न्यायिक वितरण हुन आवश्यक छ तर प्रदेश सरकारले हामीलाई दिने बजेट हाम्रो आवश्यकताका आधारमा दिन आवश्यक रहेको छ । अर्कोतिर हामीले काठमाडौँ महानगरपालिकासँगै पनि विकासको साझेदारीसमेत पहल थालेका छौँ । त्यसैले संविधानले दिएको अधिकार अनुसार स्थानीय तहको अन्य तहसँग हुने समन्वय सहकार्यमा हामी अगाडि छौँ  ।

चन्दननाथ हिमाली क्षेत्रको ठुलो प्रशासकीय केन्द्र तथा पर्यटकीय सम्भावनाको नगरपालिका पनि हो । त्यसका लागि हाल के कस्ता काम भइराखेका छन् ?

चन्दननाथ नगरपालिका प्रशासनिक तथा पर्यटकीय केन्द्र नै हो । इतिहासदेखि नै यहाँ पर्यटक आउने जाने क्रम जारी छ । अब यहाँको पर्यटन व्यवसायलाई थप व्यवस्थापन गर्नु आजको आवश्यकता हो । यसैले हामीले आठौँ शताब्दीको प्राचीन चन्दननाथ मन्दिरलाई थप व्यवस्थित बनाउने प्रयास गरेका छौँ । भैरवनाथमा चन्दननाथ मन्दिरकै जस्तो पित्तलले घेरिएको मन्दिर अगाडि बढाइने छ । काठमाडौँ महानगरको आर्थिक सहयोगमा धिमी पार्क निर्माण गरिरहेका छौँ । नयाँ पर्यटकीय गन्तव्य रहेको धिमी पार्क निर्माणसहित ६७ करोड लागतको चेरेदेखि धिमी बन्जी जम्पिङ तथा केबुलकारको डिपिआरसमेत सम्पन्न गरेका छाैँ । चन्दननाथलाई प्लास्टिकरहित सहर बनाउन राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरी रिसाइक्लिनिङ गर्ने काम भइरहेको छ । बजारको फोहोर व्यवस्थापनका लागि व्यवस्थित र दीर्घकालीन डम्पिङ साइटको समेत कल्पना गरिएको छ । सदरमुकाममा ढुङ्गा बिछ्याउने काम, जुगाँडखोला हरियाली बनाई साइकल र पैदल हिँड्ने सडक बनाउनेमा जोड दिइने छ ।

यो दुई वर्षको अवधिमा के कस्ता चुनौती भोग्नुभयो ?

बजेट सीमित रहेको छ । सीमित बजेटका बिचमा सबै क्षेत्र समेट्नुपर्ने ठुलो चुनौती हामी देख्छौँ । हरेक वर्ष बजेट अनुदान घट्दै गएको छ । फोहोर व्यवस्थापनका विषयमा आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्ने विषयमा समस्या भइरहेको छ । आफ्नो फोहोर आफैँ उठाउने, व्यवस्थापन गर्ने विषयमा जनचेतनाका कार्यक्रम गर्न आवश्यक रहेको छ । पहिलेदेखि नै बजार क्षेत्रमा जथाभाबी संरचना बनिरहेका छन् । ती संरचनालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा नक्साङ्कन गर्नेदेखि व्यवस्थित गर्न आवश्यक छ । यस्तै स्थानीय तहमा सामूहिकभन्दा पनि व्यक्तिगत योजना माग्ने विषयमा समस्या भइरहेको छ ।

समृद्ध नगरपालिकाका लागि अबको बाँकी अवधि कसरी सदुपयोग गर्ने योजना बनाउनुभएको छ ?

चन्दननाथ नगरपालिकामा आगामी तीन वर्षमा सफा सहर बनाउने प्रयास हुने छ । यसका लागि वडालाई समेत सक्रिय बनाएर प्लास्टिकमुक्त नगरपालिका, फोहोरमुक्त नगरपालिका बनाउने योजना बनिरहेको छ । नगरको सहरीकरणमा सहरी विकास तथा भवन निर्माण आयोजनाले साथ दिइरहेको छ । यस अन्तर्गत बृहत् रङ्गशाला निर्माण सम्पन्न, सडक सफा र कालोपत्रे, जुगाँड कोरिडोर, धिमी पर्यटकीय स्थल आधार तयारसहित अनेकन विषयमा जोड दिने योजना छ । यसका साथै जुम्लाबाट सहजै डोल्पा, जाजरकोट र मुगु जाने सडकको स्तरोन्नतिमा सहकार्य, समन्वय, पहल तथा जुम्ला विमानस्थलको विस्तारको विषयमा सङ्घीय सरकार र जनप्रतिनिधि र सरोकारवाला निकायसँग सहकार्यको आवश्यकता रहेको छ ।

सुशासन र जनगुनासो व्यवस्थापनको विषयलाई गाउँपालिकाले कसरी व्यवस्था गरिरहेको छ ?

नगरपालिकाप्रति कसैको जनगुनासो भएमा सिधै भेटघाट गर्न सकिने स्थिति रहेको छ । सुशासनको पक्षमा हामीले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता सिधै खातामा हाल्ने, सबै आर्थिक कारोबार इएफटी प्रणालीबाट गर्ने, कर्मचारीको विद्युतीय हाजिरी, सार्वजनिक सुनुवाइ, पत्रपत्रिका, रेडियो र अनलाइनबाट सूचना प्रकाशन, नगरपालिकाको वेबसाइटबाट खरिद तथा प्रशासकीय कार्यको प्रकाशन, प्रसारण गर्दै आएका छौँ ।  गोरखापत्र बाट साभार 

 

Previous Post

जिल्ला अस्पताल हुम्लामा औषधी अभाव

Next Post

सन्दीपलाई विश्वकप खेल्न जान अमेरिकी दूतावासले दिएन भिसा

सम्बन्धितसमाचार

मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८१ जेष्ठ ८, मंगलवार ०४:१४
75
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८१ जेष्ठ ८, मंगलवार ०४:१४
58
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ जेष्ठ ८, मंगलवार ०४:१४
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ जेष्ठ ८, मंगलवार ०४:१४
161
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ जेष्ठ ८, मंगलवार ०४:१४
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ जेष्ठ ८, मंगलवार ०४:१४
25
Next Post

सन्दीपलाई विश्वकप खेल्न जान अमेरिकी दूतावासले दिएन भिसा

जेठ १३ गते कांग्रेसले काठमाडौँमा प्रदर्शन गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८१ जेष्ठ ८, मंगलवार ०४:१४
75

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८१ जेष्ठ ८, मंगलवार ०४:१४
58

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ जेष्ठ ८, मंगलवार ०४:१४
28

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ जेष्ठ ८, मंगलवार ०४:१४
161

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.