बब्लु शर्मा नेपालगञ्ज : मध्यपश्चिम पेट्रोलियम ढुवानी व्यवसायी संघको शनिबार नेपालगञ्जमा सम्पन्न छैठो साधारण सभा तथा तेस्रो अधिवेशनबाट अमरजित सिंहको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ ।
मध्यपश्चिम पेट्रोलियम ढुवानी सघंका उपाध्यक्षमा विनयकुमार शर्मा, सचिवमा टिपि न्यौपाने, सहसचिवमा जसपाल सिंह र कोषाध्यक्षमा सुरेशकुमार छलानी निविरोध चयन भएका छन् ।
यसैगरी संघको कार्यसमिति सदस्यहरुमा रामदत्त पन्त, टेकराज बोहरा, शंकर थापा, शेरबहादुर क्षेत्री, र अनुप सिंह निर्विरोध चयन भएका हुन ।
