कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य

हेटौँडा कपडा उद्योगमा सेना र सरकारको चासो

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ २३, मंगलवार ०२:३४
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

हेटौँडा, माघ २३ गते । हेटौँडा औद्योगिक क्षेत्रस्थित हेटौँडा कपडा उद्योग लिमिटेड बन्द भएको दुई दशकभन्दा बढी भइसकेको छ । लामो समयदेखि बन्द रहेको कपडा उद्योग सरकार परिवर्तनसँगै नीति र कार्यक्रममा बन्द र रुग्ण पुनः सञ्चालनको सूचीमा परेसँगै चर्चामा आउने गरेको छ ।

पछिल्लो समय नेपाली सेनाले बन्द भएर खण्डहर अवस्थामा पुगेको सो उद्योग सञ्चालनमा चासो देखाएको छ । चीन सरकारको सहयोगमा निर्माण भएको कपडा उद्योग पुनः सञ्चालनमा सेनाले चासो देखाउँदै सरोकारवालासँगको छलफललाई तीव्र बनाएसँगै सरकारले पनि बन्द अवस्थामा रहेको कपडा उद्योग सञ्चालनका लागि तयारी थालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक पटक सञ्चालनको तयारी थालेर पुनः रोकिएको कपडा उद्योग पुनः सञ्चालनका लागि प्रारूप तयार गर्न निर्देशन दिनुभएको छ । कपडा उद्योगसँगै बन्द भएका गोरखकाली रबर उद्योगलगायतका उद्योग पुनः सञ्चालनको तयारी थालिएको हो ।

विगतमा उद्योगभित्र अनियमिततालगायत आन्तरिक समस्यासँगै आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसकेर लगातार घाटामा गएपछि २०५७ फागुन १ गतेबाट तत्कालीन सरकारले उद्योगमा कार्यरत सम्पूर्ण कामदार कर्मचारीको दायित्व भुक्तानी गर्दै उद्योग बन्द गर्ने निर्णयमा पुगेको थियो ।

बन्द भएको सुती कपडा उत्पादन गर्ने उद्योग पटक पटक खारेजीसँगै पुनः सञ्चालनको निर्णयसहित सरकारको प्राथमिकता पर्दै आए पनि सरकारको प्रयास असफल हुँदै आएको छ । पछिल्लो समय सेनाले उद्योग सञ्चालनका बारेमा सम्भाव्यता अध्ययनलाई तीव्र बनाएको छ ।

गत जेठमा सेनाका उपरथी भोलानाथ बुढाथोकीसहितको टोलीले हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक र उद्योगका तत्कालीन कर्मचारीसँग उद्योगको अवस्था, भौतिक संरचना, यथास्थितिमा सञ्चालन हुन सक्ने नसक्ने बारेमा जानकारी लिएको छ ।

कपडा उद्योग सञ्चालनको तयारीमा रहेको सेनाले आफैँभित्रबाट कन्सल्टेन्टसमेत नियुक्त गरी आवश्यक सुझाव र प्रतिवेदन तयारीमा लागेको छ । उद्योगका तत्कालीन रङ्गाइ छपाइ विभागका कर्मचारी अच्युतानन्द शुक्लले गत जेठमा आएको सेनाको टोलीलाई उद्योगको अवस्थाका बारेमा विस्तृत रूपमा जानकारी गराउनुभएको थियो ।

उद्योगका पूर्वकर्मचारी शुक्लले दसैँपछि सेनाको टोली उद्योगको अवस्था बुझ्न आएको र उद्योग सञ्चालनका लागि उद्योगका अवस्थाका बारेमा जानकारी लिन नियमित सम्पर्कमा रहेको बताउनुभयो ।

उहाँले सेनाले आफैँभित्रबाट कन्सल्टेन्टसमेत नियुक्त गरी अध्ययनको काम गरिरहेका छन्, पटक पटक उद्योग यथास्थितिमा चल्ने नचल्ने बारेमा बुझ्ने काम भइरहेको बताउँदै उहाँले सेना बन्द कपडा उद्योग चलाउने मनस्थितिमा रहेको आफूले पाएको बताउनुभयो ।

उद्योग मर्मतसम्भार गरेर उद्योग सञ्चालनमा ल्याउँदा प्रतिस्पर्धामा टिक्न नसक्ने अवस्थामा अहिले उद्योगको संरचना पुगेकाले यथास्थितिमा सञ्चालन नगरी उपकरणहरू पूरै प्रतिस्थापन गर्न सेनाको टोलीलाई आफूले भन्दै आएको उहाँले बताउनुभयो । “उद्योगमा रहेको धागो बनाउने र रङ्ग्याउने उपकरण खिया लागेर कामै नलाग्ने अवस्थामा छन् मर्मत गरेर पनि हुँदैन, धागो बनाउने लुमसम्म प्रयोगमा आउने अवस्थामा छ,” उहाँले भन्नुभयो, “यथास्थितिमा मर्मत गरेर चलाउँदा बजारमा पाइने कपडाभन्दा मूल्यमा महँगो प्रतिस्पर्धा गर्न सकिँदैन, पहिलेकै जस्तो प्रतिस्पर्धा गर्न नसकेर बन्द गर्नुपर्ने अवस्था आउँछ, उपकरणहरू प्रतिस्थापन गर्नुको विकल्प छैन ।”

उहाँले अगाडि भन्नुभयो, “सेनाले उद्योग सञ्चालनमा चासो र तत्परता देखाएको छ यो सकारात्मक नै हो तर नयाँ मोडलका उपकरण जडान आवश्यक छ ।”

यस्तै विगतमा प्रशासनमा कार्यरत हरि वाग्ले पुरानो प्रविधि भएकाले यथास्थितिमा चल्न नसक्ने र प्रतिस्पर्धा गर्न सक्दैन भन्दै नयाँ प्रविधिको मेसिन राखेर सञ्चालनमा ल्याउँदा उपयुक्त हुने बताउनुहुन्छ । उहाँले बाहिरको कपासलगायतका सामग्री आयात गर्नुपर्ने र खुला सिमाना रहेकाले यहाँ उत्पादितभन्दा बाहिरबाट आउने कपडा सस्तो पर्ने भएको पुरानै उपकरण राखेर चल्न नसक्ने बताउँदै राज्यलाई बोझ नपर्ने गरी सञ्चालन गर्नुपर्ने सुझाउनुभयो । उहाँले भन्नुभयो, “११ सयभन्दा बढीले रोजगारी पाएका थिए तीमध्ये आधाभन्दा बढी महिला दिए रोजगारीका दृष्टि उद्योग सञ्चालन आवश्यक छ ।” २०३२ सालमा स्थापना भएको उद्योगले २०३५ सालमा निर्माण सम्पन्न भएर हस्तान्तरणपछि व्यावसायिक उत्पादन थालेको थियो ।

कुनै समय नाफा गएर कर्मचारी कामदारलाई बोनस बाँड्ने अवस्थामा पुगेको उद्योग उत्पादन सुरु गरेको २२ वर्षपछि आन्तरिक समस्या र प्रतिस्पर्धामा टिक्न नसकेर बन्द भएको थियो ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको समयमा आठ करोड रुपियाँभन्दा बढी विनियोजन गरी मर्मतका लागि केही बजेट खर्च गरिएको थियो । तर उद्योग सञ्चालनमा आउन सकेन र मर्मत गरेको उद्योग पनि सञ्चालन नगरेर खारेज गरियो । त्यसपछि पनि खारेजीको निर्णय उल्ट्यार सरकारको उद्योग सञ्चालन गर्न भन्दै नीति तथा कार्यक्रमसँगै बजेटमा प्राथमिकतामा राख्दै आए पनि उद्योग सञ्चालनमा आउन सकेको छैन । कतिपयको भने कपडा उद्योग सञ्चालन पछिल्लो समय चुनावमा राजनीतिक मुद्दा बन्दै आएको छ । उद्योग भने अझ दुरवस्थामा पुग्दै खण्डहरमा परिणत भएको छ ।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक भोजराज बिनाडीले सेनाले उद्योग पुनः सञ्चालनका लागि चासो देखाएर निरीक्षण, अध्ययन र छलफल गरिरहेको जानकारी दिनुभयो । उहाँले गत आवको बजेटमा समेत कपडा उद्योग सञ्चालन प्राथमिकतामा परेको र चालु आवको नीति तथा कार्यक्रममा पनि उद्योग सञ्चालन गर्ने उल्लेख भएको भन्दै उद्योगको अवस्था, प्रतिस्पर्धालगायतलाई हेरेर निर्णय गर्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीले समेत उद्योग सञ्चालनमा चासो देखाएको बताउँदै यथास्थितिमा भन्दा परिमार्जनसहित सञ्चालन गर्नु उचित हुने बताउनुभयो ।

उता कपडा उद्योग परिसरमा हाल सशस्त्र प्रहरी बलको गण बस्दै आएको छ । पछिल्लो छलफलपछि उद्योग यथास्थितिमा चल्ने, नचल्ने वा पुनर्संरचना गर्ने बारेमा सेनाका प्राविधिकबाट थप अध्ययन गरिरहेको बताउँदै बन्द उद्योगका तत्कालीन कर्मचारी शुक्लले सेनाका अधिकारीसँग भएको संवाद अनुसार फागुनको मध्य तिर जिम्मेवारी लिएर चलाउने तयारीमा रहेको आफूले बुझेको बताउनुभयो । सेनाले अध्ययन गरी कुन मोडलमा सञ्चालनमा ल्याउने भन्ने बारेमा अहिले निर्णय भने भइसकेको छैन ।

कपडा उद्योग खारेजीसँगै सरकारले उद्योगको नाममा रहेको २० बिघा जग्गा हेटौँडा औद्योगिक क्षेत्रलाई दिएपछि उक्त जग्गा औद्योगिक क्षेत्रले भाडामा लगाएको छ । बन्द अवस्थाको कपडा उद्योगको हालको संरचना रहेको जग्गाको क्षेत्रफल १६५ रोपनी रहेको छ ।

Previous Post

खेलाडीलाई नियमित दुध खाने व्यवस्था मिलाउन आग्रह

Next Post

कांग्रेसमा पुस्तान्तरण आवश्यक : कांग्रेस नेता कोइराला

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २३, मंगलवार ०२:३४
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २३, मंगलवार ०२:३४
136
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २३, मंगलवार ०२:३४
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २३, मंगलवार ०२:३४
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ २३, मंगलवार ०२:३४
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ २३, मंगलवार ०२:३४
21
Next Post

कांग्रेसमा पुस्तान्तरण आवश्यक : कांग्रेस नेता कोइराला

आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरु : चिनियाँ राजदूत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २३, मंगलवार ०२:३४
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २३, मंगलवार ०२:३४
136

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २३, मंगलवार ०२:३४
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २३, मंगलवार ०२:३४
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.