कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

अध्यक्ष–उपाध्यक्ष रिक्त भए १५ दिनमा निर्वाचन

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ २३, मंगलवार ०१:४७
0
11
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, माघ २३ गते । सङ्घीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडलले अधिवेशन आह्वान गर्नुभएको पत्रबारे दुवै सदनमा जानकारी दिँदै औपचारिक रूपमा अधिवेशनको सुरुवात गरिएको हो ।

कात्तिक तेस्रो साता अन्त्य भएको अधिवेशन ठिक तीन महिनामा सुरु भएको हो । सोमबार दुवै सदन प्रक्रियाको नियमित प्रारम्भभन्दा अन्य कार्यसूचीमा प्रवेश गरेनन् । माथिल्लो सदनमा भने सभाको कार्यसञ्चालन नियमावली संशोधनको मस्यौदा पेस भएको छ ।

दुवै सदनमा अधिवेशन आह्वानको पत्रबारे जानकारी गराइएको छ । यस्तै राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट प्राप्त मन्त्रीहरूको कार्यभार तोकिएको पत्रबारे जानकारी गराइएको थियो । यस्तै प्रतिनिधि सभामा अध्यक्ष मण्डलको चयन गरिएको छ ।

सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि अधिवेशनपिच्छे अध्यक्ष मण्डल चयनको अभ्यास छ । यस्तै प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट पारित भएका विद्युतीय व्यापार र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक सन्देशसहित टेबल गरिएका छन् । कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले सन्देशसहितको विधेयक टेबल गर्नुभएको हो ।

यस्तै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन अध्यादेश पेस गर्नुभएको छ । मन्त्री महतले दुवै सदनमा अध्यादेश पेस गर्नुभएको हो । सरकारले वार्षिक बजेटको तालिका हेरफेर गर्ने गरी अध्यादेश सिफारिस गरेको थियो ।

यस्तै दुवै सभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको बाधा अड्काउ फुकाउ आदेश पेस भएको छ । प्रतिनिधि सभामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र राष्ट्रिय सभामा कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले उक्त आदेश पेस गर्नुभयो ।

नियमावली पेस

यस्तै राष्ट्रिय सभामा नियमावली संशोधन मस्यौदा समिति सभापति सुरेशकुमार आलेमगरले मस्यौदा प्रतिवेदन पेस गर्नुभयो । नियमावलीमा अध्यक्ष, उपाध्यक्ष र सभापतिको पद रिक्त भएमा १५ दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । सभापति चयनको समयसीमा अहिले तोकिएको छैन ।

यस्तै नियमावलीले राष्ट्रिय सभामा प्रादेशिक सरोकारका विषय र स्थानीय तहका विषय उठाउने गरी शून्य र विशेषसरहको समय तोक्ने व्यवस्था गरेको छ । यस्ता विषयमा उठाइएका विषयमा सात दिनभित्र विभागीय मन्त्रीले दिनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।

प्रतिनिधि सभा नरहेको अवस्थामा सरकारको नीति कार्यक्रम र सङ्घीय संसद्को संयुक्त बैठकसमेत माथिल्लो सदनमा नै बस्ने व्यवस्था नियमावलीमा गरिएको छ । अहिले प्रतिनिधि सभा कुनै कारणले नभएको अवस्थामा राष्ट्रिय सभामा नीति कार्यक्रम र बजेट पेस गर्ने अभ्यास छैन । यस्तै एक चौथाइ सदस्यले अधिवेशन बोलाउन माग गर्ने व्यवस्था पनि थप गरिएको छ । माथिल्लो सदनमा पहिले यो विषय समेटिएको थिएन ।

राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था नियमावलीमा गरिएको छ । विधि निर्माणमा नागरिक सहभागिता हुने गरी नागरिक सुझाव दिने पाउने व्यवस्था नियमावलीमा गरिएको छ ।

समितिले विधेयकको दफाबार छलफल ६ महिनामा सक्नुपर्ने बाध्यात्मक व्यवस्था गर्नुका साथै गैरसरकारी विधेयकलाई प्राथमिकतामा राख्ने गरी प्रबन्ध गरिएको छ । विधायन व्यवस्थापन समितिमा सबै सदस्यलाई सहभागिता सुनिश्चित गरिएको र राष्ट्रिय सभामा विधायन समितिले मात्र विधेयकको दफाबार छलफल गर्ने भएकाले यस्तो प्रबन्ध गरिएको हो ।

प्रतिनिधि सभाबाट उत्पत्ति भएको गैरसरकारी विधेयक राष्ट्रिय सभामा पेस भएमा प्रस्तुतकर्ता सदस्य नै राष्ट्रिय सभामा उपस्थित हुन पाउने व्यवस्था नियमावलीले गरेको छ । राष्ट्रपतिबाट विधेयक पुनर्विचार भएमा सदस्यहरूले छलफल गर्न पाउने व्यवस्था गरिएको छ । मौजुदा समितिको नाम परिमार्जन र कार्यक्षेत्र पनि हेरफेर भएको छ । समिति सभापति लामो समय उपस्थित नभएमा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालनको विकल्प नियमावलीले खोलेको छ ।

प्रत्यायोजित विधायन कानुन सभालाई दिनुपर्ने, समिति सचिव कम्तीमा सहसचिव सरहको कर्मचारी हुनुपर्ने व्यवस्था पनि नियमावलीमा गरिएको छ । महिला समन्वय समिति गठनको व्यवस्था पनि राष्ट्रिय सभा नियमावलीले गरेको छ । प्रतिनिधि सभा नियमावलीमा पनि यस्तो समिति गठनको व्यवस्था छ ।

Previous Post

सडक सुरक्षामा कानुनकै अभाव

Next Post

नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढ्दो

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २३, मंगलवार ०१:४७
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २३, मंगलवार ०१:४७
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २३, मंगलवार ०१:४७
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २३, मंगलवार ०१:४७
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ २३, मंगलवार ०१:४७
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ २३, मंगलवार ०१:४७
21
Next Post

नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढ्दो

सहकारीले बचतकर्ताको विश्वास जित्नुपर्छः मुख्यमन्त्री शर्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २३, मंगलवार ०१:४७
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २३, मंगलवार ०१:४७
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २३, मंगलवार ०१:४७
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २३, मंगलवार ०१:४७
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.