कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज गण्डकी प्रदेश

जनप्रतिनिधिलाई सडक सञ्जाल विस्तार मुख्य चुनौती

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ २२, सोमबार ११:२९
0
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

मनाङ, माघ २२ । सङ्घीयता कायम भएपछि गाउँगाउँमा सिंहदरबार पुगे पनि मनाङको विकट मानिने नार्पाभूमि गाउँपालिकामा भने सडकसम्म पुग्न सकेको छैन । जिल्ला सदरमुकाम चामे आउन तीन दिनको पैदल यात्रा गर्नुपर्छ । मनाङका अन्य तीन स्थानीय तह सदरमुकामसँग सडक पहुँचमा छन्, तर नार्पाभूमि गाउँपालिका अझै सदरमुकामसँग सडक सञ्जालमा जोडिएको छैन । मनाङका जनप्रतिनिधिलाई सडक सञ्जाल विस्तार गर्नु नै मुख्य चुनौती बनेको छ ।

स्थानीयको माग पनि सडक सञ्जाल विस्तार नै रहेको छ । नार्पाभूमि सडक सञ्जालमा नजोडिँदा नागरिकतालगायतका कामका लागि सदरमुकाम आउनै तीन दिन लाग्ने स्थानीयले गुनासो गरेका छन् । त्यसो त नार्पाभूमिले आफ्नो स्थानीय तहको कामका लागि पनि हिउँद महिनामा चामेमा सम्पर्क कार्यालय राखेको छ । हिउँदका पुस, माघ र फागुन तीन महिना नार्पाभूमि गाउँपालिकाका प्रायजसो काम सम्पर्क कार्यालयबाटै हुने गरेको छ ।

गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वखेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’को क्षेत्रका रूपमा रहेको नार्पाभूमिमा हालसम्म सडक सञ्जाल पुगेको छैन । स्थानीय सरकारले सडक सञ्जालसँग गाउँलाई जोड्ने उद्देश्यले आव २०७५/७६ देखि चालु आर्थिक वर्षसम्म बजेट विनियोजन गर्दै आएको छ ।

प्रदेश सरकार र स्थानीय पालिकाबाट बजेट छुट्याइएपछि सडकको ट्याक खोल्न लागिएको मनाङमा सडक सञ्जाल विस्तार भएको २० वर्षपछि नार्पाभूमि सडक सञ्जालसँग जोडिन लागेको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले बताउनुभयो । उहाँले सडकको ट्र्याक खोल्नका लागि सहरी विकास मन्त्रालयबाट २५ लाख, गण्डकी प्रदेश सरकारबाट ४० लाख र गाउँपालिकाबाट ९० लाख विनियोजन भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘हिउँदे अधिवेशनपछि प्रदेश र सङ्घ सरकारबाट बजेटको व्यवस्थापन हुन सक्ने अपेक्षा गरेका छौँ ।’’

जनप्रतिनिधि तथा स्थानीयको पहलमा अहिले सडक सञ्जाल विस्तारको काम भइरहेको अध्यक्ष लामाले जानकारी दिनुभयो । पालिकाबाट मात्रै बजेट विनियोजन गरेर भए पनि सडकको ट्याक खोल्ने योजना बनाए पनि प्रदेश र सङ्घ सरकारसँग समन्वय गरेपछि थप हौसला थपिएको अध्यक्ष लामाले बताउनुभयो ।

हालसम्म २६ किलोमिटर सडक खनी सकिएको छ । माथिबाट पालिकाले कामदार खटाएर सडक खनिरहेको छ भने तलबाट एक्स्काभेटर प्रयोग गरी अपरेटर र सहयोगी राखेर काम भइरहेको लामाको भनाइ छ । चिसो र हिमपातका कारण जाडोमा काम रोकिएको भन्दै फागुनको अन्तिम सातादेखि कामले तीव्रता पाउने लामाले बताउनुभयो ।

सडक विस्तारका लागि पूर्वमन्त्री मनाङेसहितका पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला सांसद तथा स्थानीय सरकारका जनप्रतिनिधि लागिपरेका छन् । ट्र्याक खोलेर मात्रै नहुने भन्दै लामाले भीरको बाटोमा जोखिम कम गर्न नदीनालामा व्यवस्थित पुल निर्माण गर्नु पनि उत्तिकै आवश्यक रहेकोमा जोड दिनुभयो ।

चामे गाउँपालिका–३ कोतोमा मर्स्याङ्दी नदीमा मोटरेबल पुल, नार्पाभूमि गाउँपालिकाको छ्याचेको नार खोलामाथि मोटरेबल पुल निर्माण गर्न अध्ययन प्रतिवेदन तयार भइरहेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

Previous Post

सोमबार देशभरका सिनेमा घर बन्द

Next Post

मेयर कप अन्तर विद्यालय फुटबल छात्रतर्फ मोडेल र कृष्ण मावि सेमिफाइनलमा, छात्रामा मोडेल फाइनलमा प्रवेश

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २२, सोमबार ११:२९
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २२, सोमबार ११:२९
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २२, सोमबार ११:२९
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २२, सोमबार ११:२९
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ २२, सोमबार ११:२९
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ २२, सोमबार ११:२९
21
Next Post

मेयर कप अन्तर विद्यालय फुटबल छात्रतर्फ मोडेल र कृष्ण मावि सेमिफाइनलमा, छात्रामा मोडेल फाइनलमा प्रवेश

कोशीका मुख्यमन्त्री र पदाधिकारीको सुविधा वृद्धिविरुद्ध सर्वोच्चमा रिट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २२, सोमबार ११:२९
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २२, सोमबार ११:२९
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २२, सोमबार ११:२९
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २२, सोमबार ११:२९
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.