कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

कार्यतालिकामा चलाउने तयारी

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ २२, सोमबार ०१:५५
0
8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, माघ २२ गते । सङ्घीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । दुवै सदनको बैठक सोमबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको हो ।

वर्षे अधिवेशन अन्त्यको तीन महिनापछि नयाँ अधिवेशन प्रारम्भ हुन लागेको हो । हिउँदे अधिवेशनमा यस पटक विधायिकी कार्यसँगै बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल हुने छ । पहिलो पटक कार्यतालिकामा आधारित भएर अधिवेशन चलाउने तयारी संसद्ले गरेको छ ।

संसद् सचिवालयले अधिवेशनको सबै तयारी पूरा भइसकेको जनाएको छ । अधिवेशनको पहिलो दिनको सम्भावित कार्यसूची दुवै सदनले तय गरिसकेका छन् । कार्यव्यवस्था परामर्शको सुझावका आधारमा तयार सम्भावित कार्यसूची अन्तिम भने भइसकेको छैन ।

अधिवेशन प्रारम्भको दिन राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानको जानकारीको पत्र पढेर सुनाइने छ । यस्तै अध्यक्षमण्डलको मनोनयन पनि हुने छ । अधिवेशन नभएको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी अध्यादेश दुवै सदनमा पेस हुने छ । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्न अध्यादेश सिफारिस गरेको थियो ।

अध्यादेश अधिवेशनको पहिलो बैठकमा पेस गर्ने व्यवस्था अनुसार सभामा पेस हुने छ । यस्तै सङ्घीय संसद्को कार्यवाहक महासचिव तोकिएको जानकारी पनि दुवै सदनमा दिइने छ । अधिवेशनमा विधायिकी कार्यतालिका व्यवस्थित गर्न खोजिएको छ । विचाराधीन विधेयकको छलफलको मिति प्रस्तावित छन् । हिउँदे अधिवेशनका लागि प्रतिनिधि सभामा सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकको एक प्रतिवेदन तयारी अवस्थामा छ । अन्य विधेयकमा छलफल भए पनि विषयगत समितिले प्रतिवेदन तयार पार्न सकेका छैनन् ।

राष्ट्रिय सभातर्फ पनि विधायन समितिमा दफावार छलफल जारी भए पनि प्रतिवेदन बन्ने चरणमा पुगेका छैनन् तर दुई विधेयक दफावार छलफलको अन्तिम चरणमा छन् ।

सङ्घीय संसद्मा अहिले विभिन्न चरणमा २४ विधेयक विचाराधीन छन् । जसमध्ये राष्ट्रिय सभामा तीन र प्रतिनिधि सभामा २१ विधेयक छन् । सरकारले प्राथमिकताका आधारमा हिउँदे अधिवेशनमा पहिलो प्राथमिकतामा राखेर पेस गर्ने विधेयकको सूची पनि तयारी गरिरहेको छ । पहिलो प्राथमिकताको सूचीमा सरकारले ३० भन्दा बढी विधेयकलाई राखेको छ ।

सङ्घीय संसद्मा अध्यागमन, विधायनसम्बन्धी विधेयक, बैङ्किङ कसुर तथा सजाय विधेयक, औषधी तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) विधेयक, विद्युत् विधेयक, विद्यालय शिक्षा विधेयकलगायत विचाराधीन छन् । यस्तै केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयक, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पनि विचाराधीन छन् ।

यस्तै विद्युतीय व्यापार, नेपाल विश्वविद्यालय, राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर, सुरक्षण मुद्रण विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण, अनुगमन तथा मूल्याङ्कन, भ्रष्टाचार निवारण तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक पनि विचाराधीन छन् । यस्तै राजनीतिक दलसम्बन्धी विधेयक पनि हालै प्रतिनिधि सभामा दर्ता भएको छ ।

गैरसरकारी बिजनेसका रूपमा हिउँदे अधिवेशनमा विभिन्न प्रस्तावको छलफल, प्रधानमन्त्रीसँगको प्रश्नोत्तर, शून्य र विशेष समयमा उठाइएका प्रश्नमा जवाफ, लिखित तथा मौखिक प्रश्नमा जवाफलगायतलाई पनि प्राथमिकता दिने तयारी सचिवालयले गरेको छ ।

Previous Post

उपनिर्वाचनको तयारीबारे छलफल

Next Post

पर्यटन बोर्डमा क्षमतावान् व्यक्ति नियुक्तिको माग

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० माघ २२, सोमबार ०१:५५
42
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० माघ २२, सोमबार ०१:५५
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० माघ २२, सोमबार ०१:५५
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० माघ २२, सोमबार ०१:५५
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० माघ २२, सोमबार ०१:५५
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० माघ २२, सोमबार ०१:५५
19
Next Post

पर्यटन बोर्डमा क्षमतावान् व्यक्ति नियुक्तिको माग

आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० माघ २२, सोमबार ०१:५५
42

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० माघ २२, सोमबार ०१:५५
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० माघ २२, सोमबार ०१:५५
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० माघ २२, सोमबार ०१:५५
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.