कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य उर्जा / कृषि

तरकारी बेचेर पढाइ खर्च जुटाउँदै

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १९, शुक्रबार १३:५४
0
12
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

खजुरा, माघ १९ गते । नेपालगन्ज उपमहानगरपालिका –१ स्थित जिल्ला प्रहरी कार्यालय पछाडि बस्ने १७ बर्षीय किशोर निडर कठायतलाई दिउँसो २ बजेपछि तरकारी बेच्न सुर्खेतरोड पुग्न हतार हुन्छ । दिउँसो २ बजे उहाँ घरमा राखेका तरकारी ठेलामा मिलाउन व्यस्त हुनुहुन्छ ।

तरकारी ठेलामा मिलाइ सकेपछि उहाँ घरबाट ठेलामा राखेको तरकारी लिएर बिक्री गर्न नेपालगन्जको व्यस्त सडक सुर्खेत रोडमा पुग्नुहुन्छ । उहाँको घरबाट तरकारी विक्री गर्ने स्थान सुर्खेत रोडको ग्यालेक्सी होटलनजिक सडक किनारमा पुग्न झण्डै १ घण्टा समय लाग्छ । उहाँ घरबाट निस्केपछि तरकारी विक्री गर्दै उक्त स्थानमा ३ बजेको आसपास आइपुग्नुहुन्छ ।

पचलझर्ना गाउँपालिका –३ खार्दु कालिकोट स्थायी ठेगाना भएका निडरले नेपालगन्जको सडकमा तरकारी विक्री गर्न लागेको ८–९ महिना पुगेको छ । ‘विहान उठेर ६ बजे स्कूल जान्छु स्कूल ११ बजे सकिन्छ, अनि घर आएर खाना खाएर रानी तलाउस्थित तरकारी बजार जान्छु’ उहाँले भन्नुभयो, ‘तरकारी खरिद गरी घरमा ल्याएर ठेलामा मिलाउँदा लगभग २ बज्छ, अनि ठेला लिएर बजार निस्कन्छु ।’

२०६३ सालमा कालिकोटमा जन्मिनु भएका उहाँले २ कक्षासम्मको अध्ययन कालिकोटमै गरेको र त्यसपछि बुवाआमाको साथमा नेपालगन्ज आइ धम्बोझी माध्यमिक विद्यालयमा कक्षा ३ मा भर्ना भइ हालसम्म सोही स्कुलमा अध्ययन गरिरहेको बताउनुभयो ।

उहाँ अहिले नेपालगन्ज धम्बोझीस्थित धम्बोझी माध्यमिक विद्यालयमा विज्ञान विषय लिएर कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ । घरको जेठो सन्तानका रुपमा जन्मिनुभएका निडरको दुई बहिनी र एक भाइ छन् । भाइ–बहिनी साना छन् । बुवा केही काम गर्न सक्नु हुन्न । आमा कालिकोटकै एक सरकारी स्कुलमा शिक्षिका रहेको उहाँले बताउनुभयो ।

‘हाम्रो पाँच जनाको परिवार छ, बुवा केही गर्न सक्नु हुन्न, भाइ–बहिनी सानै छन्, आमाले कालिकोटमा पढाउनुहुन्छ । आमाको कमाइले मात्र हाम्रो पढाइ खर्च र घर खर्च धान्न गाह्रो भयो’ निडरले भन्नुभयो, ‘मैले एसइई पास गरिसकेपछि विहान स्कुल जाने र दिउँसोमा तरकारी बेच्न सुरु गरें ।’

तरकारी व्यवसायबाट राम्रै कमाइ भइरहेको निडरको भनाइ छ । तरकारी विक्रीको कमाइबाट भाइ बहिनीका साथै आफ्नो पढाइ खर्च र घरखर्च धान्न सहज भएको उहाँले बताउनुभयो । निडरका अनुसार केही समय पहिलासम्म नेपालगन्जको खजुरारोडमा बुवाले भाडामा सटर लिएर चिया पसल चलाउनुहुन्थ्यो । निडर सोही चियापसलमा काम गर्नुहुन्थ्यो । तर पसल चल्न छाडेपछि उहाँको बुवाले चिया पसल बन्द गर्नुभयो । आम्दानीको स्रोत बन्द भयो । अनि उहाँले तरकारी बेच्न सुरु गर्नुभयो ।

१७ बर्षको उमेरमा तरकारी ठेलामा राखेर सहर बजारमा बिक्री गर्दै हिँड्दा आफूलाई कुनै लाज सरम र घिनता नहुने उहाँले बताउनुभयो । ‘काम गरेर खान केही लाज मान्नु पर्दैन । चोर्न, ढाँट्न अनि मागेर खान पो लाज लाग्छ त १ काम गरेर खान के को लाज ?’ निडरले भन्नुभयो, ‘मसँगै पढ्ने साथीहरु तथा पढाउने शिक्षकहरु दैनिक मसँग तरकारी किन्न आउनुहुन्छ । उहाँहरुले मलाई प्रोत्साहन दिनुहुन्छ । मलाई काम गरेर खान झनै हौसला मिल्छ ।’

निडरलाई अंग्रेजी बिषय पढाउने शिक्षक हेमन्तराज काफ्लेले निडर अति नै सरल, निडर, इमान्दार, मिहिनती, अनुशासित र लगनशील विद्यार्थी भएको बताउनुभयो । निडर पढाइमा पनि उत्कृष्ट रहेको काफ्लेको भनाइ छ । ‘कक्षा ११ मा ८२ जना विद्यार्थी छन्, तीमध्ये निडर अग्रपङ्तिमा छन्, पढाइमा पनि उत्कृष्ट छन्, मिहिनेत, अनुशासन र लगनशीलता उहाँको विषेशता हो ।’ शिक्षक काफ्लेले भन्नुभयो, ‘निडरको स्वाभिमान, लगनशीलता र काम देखेर म आफै छक्क पर्छु ।’

नेपालगन्जमा तरकारी विक्री गर्ने धेरैजसो तराईमूलका बासीन्दा हुनुहुन्छ । त्यसमा पनि भारतबाट यहाँ आएर तरकारी बेच्नेहरु उल्लेख्य छन् । नेपालगन्जमा पहाडीमूलका केही व्यक्तिहरु फाट्टफुट्ट रुपमा तरकारी व्यापार गर्ने भए पनि १७ बर्षको उमेरमा ठेलामा तरकारी विक्री गर्दै हिँडेर आफ्नो पढाइ खर्च जुटाउनु हुने निडरबाट साँच्चिकै गतिलो पाठ सिक्न सकिन्छ ।

Previous Post

अधिवेशन अवधिभर राजधानी नछोड्न सांसदलाई कांग्रेसको निर्देशन

Next Post

पाकिस्तानी दूतावास र महासंघबिच सहकार्यको सहमति

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १९, शुक्रबार १३:५४
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १९, शुक्रबार १३:५४
140
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १९, शुक्रबार १३:५४
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १९, शुक्रबार १३:५४
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ १९, शुक्रबार १३:५४
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ १९, शुक्रबार १३:५४
21
Next Post

पाकिस्तानी दूतावास र महासंघबिच सहकार्यको सहमति

शान्ति सेनामा तैनाथ थापाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १९, शुक्रबार १३:५४
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १९, शुक्रबार १३:५४
140

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १९, शुक्रबार १३:५४
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १९, शुक्रबार १३:५४
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.