कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

हार्ने चुनाव’ मा टिकट पाएर एमालेको साख जोगाएकी रुक्मिणी

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १२, शुक्रबार १२:०६
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

कोशी प्रदेश । राष्ट्रियसभा चुनावको मतगणना चलिरहँदा बिहीबार कोशी प्रदेश निर्वाचन कार्यालय परिसर सत्ता गठबन्धनका नेता–कार्यकर्ताले भरिभराउ हुँदा एमाले नेताहरूको उपस्थिति एकदमै न्यून थियो।

आफ्ना केही सहयोगीसहित उम्मेदवार रुक्मिणी कोइराला गणनास्थलमा थिइन्। सुरूमा प्रदेशसभाको मत गणना हुँदै थियो, सत्ता गठबन्धनका तीन जना सांसदले ‘फ्लोर क्रस’ गरेर आफूलाई मत दिएको थाहा पाएपछि उनको अनुहार एकाएक उज्यालियो।

त्यो खबर थाहा पाउने बित्तिकै मत गणनास्थलमा एमालेका अरू नेता–कार्यकर्ता पनि भरिन थाले। स्थानीय तहका पनि १७ जना जनप्रतिनिधिले ‘फ्लोर क्रस’ गरेर मत दिएपछि रुक्मिणीको जित निश्चित बन्यो।

जसै उनले जित्ने भइन्, सत्ता गठबन्धनका अर्का उम्मेदवार कृष्णप्रसाद सिटौला गणनास्थलबाट बाहिरिए। सत्ता गठबन्धनका अरू नेताहरू पनि स्तब्ध देखिन्थे।

‘मेरो त जीउज्यान सबै खङ्ग्रङ्गै भयो,’ गणनास्थलमा खटिएका कांग्रेस झापाका सभापति देउमान थेवे भन्दै थिए, ‘यो पाराले कृष्ण दाइको पनि त्यस्तै आउने होला।’

यद्यपि सिटौलाका हकमा भने नतिजा गठबन्धन अनुकूल नै आयो। उनीहरूको अनुहारमा गायब भएको हाँसो फर्कियो।

तर, सत्ता गठबन्धनबाट महिला उम्मेदवार बनेकी माओवादीकी चम्पादेवी कार्कीका हकमा गठबन्धन प्रतिकूल नतिजा आयो। रुक्मिणी कोइरालाले अप्रत्यासित जित निकाल्दै राष्ट्रियसभामा ‘क्लिन स्वीप’ गर्ने सत्ता गठबन्धनको योजनामा भाँजो हालिदिइन्।

महिलातर्फको अन्तिम नतिजा आउँदा नआउँदै जित निश्चित देखिएपछि रुक्मिणी समर्थक र पत्रकारहरूबाट घेरिइन्।

‘मलाई अप्ठ्यारो प्रश्नहरू चाहिँ नगर्नु है,’ उनले पत्रकारहरूलाई आग्रह गर्दै भनेकी थिइन्, ‘म धेरै बोल्न जान्दिनँ।’

त्यसपछि उनी केहीबेर पत्रकारसित गफिइन् अनि प्रमाणपत्र र अन्तिम घोषणाका लागि कुर्न थालिन्। त्यसक्रममा उनीभन्दा पनि उनको साथमा रहेका इटहरीकै उनका छिमेकीहरू बढ्ता उत्साही देखिन्थे।

‘मजदुर पनि माननीय बन्न सक्नेरहेछ,’ उनका छिमेकीहरूले सुनाए, ‘उहाँ मजदुरी पृष्ठभूमिको मान्छे हो। अब माननीय हुनुभयो। एकदमै खुसी लागेको छ।’

एमालेमा सँगै कार्यरत उनका साथीहरूका अनुसार रुक्मिणीलाई चुनाव जित्ने आशा धेरै थिएन।

‘चुनावअघि यसपालि एमालेमा टिकट फालाफालको अवस्था थियो,’ मजदुर विभागमै कार्यरत एक नेताले भने, ‘सोझै हेर्दा पनि हारिने चुनाव भएका कारण एमालेका नाम चलेका नेताहरू उम्मेदवार बन्ने दौडमा थिएनन्। उहाँले टिकट सजिलै पाउनुभयो।’

एमाले नेताहरूका अनुसार जित निश्चित नभएकै कारण रुक्मिणी र भोजपुरका माओवादी पृष्ठभूमिका परशुराम अधिकारीले टिकट पाएका थिए। अधिकारीको त उम्मेदवारी नै रहेन। राप्रपासँग तालमेल गरेर उनलाई एमालेले ब्याक गराउँदै राप्रपाका उद्धव पौडेललाई सघाएको थियो।

कोशी प्रदेशको गणित एमाले अनुकूल थिएन। प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४२४८, कांग्रेसको ३६८४, माओवादी केन्द्रको १२७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार थियो।

कोशीमा राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झरेको थियो। सत्ता गठबन्धनसँग ५४३६ मतभार थियो भने एमाले र राप्रपाको मतभार ४६४२ थियो।

प्रतिकूल गणितका बाबजुद एमालेलाई यो चुनावमा ‘निल’ हुनबाट कोइरालाले जोगाइन्। सुरूमा उनलाई टिकट पाउँछु भन्ने लागेकै थिएन रे।

‘तर, अन्तिम–अन्तिम बेलामा पार्टी केन्द्रले नागरिकता माग्यो,’ उनले भनिन्, ‘त्यसपछि चाहिँ सोधखोज गर्दा टिकट पाइनेरहेछ भन्ने लागेको थियो।’

चुनावअघि एमाले नेताहरू सार्वजनिक रूपमा ‘चुनाव जित्ने’ अभिव्यक्ति दिन्थे। तर, अनौपचारिक कुराकानीमा चाहिँ ‘हार्ने चुनाव’ को धेरै चासो नभएको बताउँथे।

यही अनिश्चयका बीच राप्रपासित गरेको तालमेल र सत्ता गठबन्धनका सांसदहरूसहितको साथले एमालेले कोशीमा सफलता प्राप्त गरेको छ। एमालेलाई जितको खुसी दिने पात्र बनेकी छन् रुक्मिणी। उनलाई नजिकबाट चिन्नेहरूका अनुसार रुक्मिणी एमालेको पुरानो कार्यकर्ता हुन्।

‘अहिलेसम्म कहीँकतै कुनै अवसर नपाउनुभएको इमानदार र लगनशील कार्यकर्ता हो उहाँ,’ एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले भने, ‘पार्टीले टिकट दिएर उहाँको योगदानको कदर गरेको थियो, त्यसलाई मतदाताले अनुमोदन गरिदिनुभयो।’

सुनसरीको इटहरी उपमहानगर-२ की स्थायी बासिन्दा कोइरालाको परिवार खेतीकिसानी गर्ने परिवार हो। लामो समय जिफन्टमा रहेर काम गरेकी उनी अहिले प्रदेश पार्टीको सल्लाहकारको भूमिकामा छिन्।

२०७९ को स्थानीय तह निर्वाचनमा उनी इटहरी उपमहानगरपालिकाको उपप्रमुख पदमा चुनाव लड्ने योजनामा थिइन्। तर, उनले टिकट पाइनन्। त्यसपछि एमाले प्रदेश अधिवेशनमा सदस्य पदमा चुनाव उठेकी उनी पराजित भइन्।

पराजित भए पनि पुरानो योगदानका आधारमा प्रदेश कमिटीले उनलाई सल्लाहकारको भूमिका दियो। अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्जको जिम्मेवारीमा रहेकी उनी अब राष्ट्रिय सभामा पुगेकी छन्।

उनले ५ हजार ८६ मत प्राप्त गर्दै जित दर्ता गर्दा उनकी प्रतिस्पर्धी माओवादीकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत मात्रै प्राप्त गरिन्। राष्ट्रिय सभामा निर्वाचित भएपछि अब तपाईंको भूमिका कस्तो रहन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले अहिलेसम्म प्राप्त अनुभवका आधारमा सदनमा जनताका समस्या उठाउने बताइन्।

‘म २०३२–३३ सालदेखि पार्टी अभियानमा छु। आन्दोलनमा छु। यहीक्रममा सिकेका कुरा र त्यसका अनुभवका आधारमा राष्ट्रिय सभामा आवाज उठाउँछु,’ चार सन्तानकी आमासमेत रहेकी रुक्मिणीले भनिन्, ‘पार्टीको मुद्दा पनि उठाउँछु।’

रुक्मिणीका अनुसार भूमिगतकालमा उनको घर पार्टी नेताहरूको भरपर्दो सेल्टर थियो। नेताहरूको ओहोरदोहोर चलिरहने भएकै कारण उनी पनि राजनीतिमा आकर्षित बनेकी थिइन्।

‘चेतना आएदेखि नै कुनै न कुनै रूपमा पार्टी अभियानमा थिएँ,’ उनले भनिन्, ‘आज जनप्रतिनिधि बन्ने अवसर पाएको छु। खुसी छु। अब यो जिम्मेवारी सफलतापूर्वक निभाउने अभियानमा संलग्न हुनेछु।’

Previous Post

पहिलोपटक अमेरिकामा ‘नाइट्रोजन ग्यास’ प्रयोग गरी मृत्युदण्ड

Next Post

बाबुकाे निधन पछि एमाले नेत्री उषाकला राई आफै कपाल मुण्डन गरेर वसिन किरिया कर्ममा

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १२, शुक्रबार १२:०६
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १२, शुक्रबार १२:०६
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १२, शुक्रबार १२:०६
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १२, शुक्रबार १२:०६
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ १२, शुक्रबार १२:०६
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ १२, शुक्रबार १२:०६
21
Next Post

बाबुकाे निधन पछि एमाले नेत्री उषाकला राई आफै कपाल मुण्डन गरेर वसिन किरिया कर्ममा

६५ वर्षअघि हराएको पर्स जब सिनेमा हलमा भेटियो , धरधरी राेइन महिला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १२, शुक्रबार १२:०६
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १२, शुक्रबार १२:०६
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १२, शुक्रबार १२:०६
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १२, शुक्रबार १२:०६
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.