कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज कर्णाली प्रदेश

कर्णाली प्रदेश सरकारले कर्मचारीको दरबन्दी बढाउने

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १२, शुक्रबार ०२:४८
0
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत, माघ १२ गते । कर्णाली प्रदेश सरकारले कर्मचारीको दरबन्दी बढाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुगेको छ । नयाँ ओएनएम तयार भएमा प्रदेशमा हाल कायम रहेको कर्मचारी दरबन्दी सङ्ख्यामा वृद्धि हुने छ ।कर्णाली प्रदेशका लागि दुई हजार नौ सय जनाको कर्मचारी दरबन्दी कायम गरिएको छ । त्यसलाई बढाएर तीन हजार तीन सय पुर्‍याउन लागिएको हो । कर्मचारीको दरबन्दी हेरफेर र थप गर्ने उद्देश्यले प्रदेशका सबै मन्त्रालय, मन्त्रालय मातहतका कार्यालयको कर्मचारी दरबन्दी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण तयार गर्ने काम भइरहेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले ओएनएम कार्यान्वयनका लागि प्रदेश निजामती सेवा नियमावली २०८० स्वीकृत गरेको जनाइएको छ । योसँगै नयाँ ओएनएम तयार पार्ने बाटो खुलेको छ ।

प्रदेश सरकारका मुख्य सचिव डा. चूडामणि पौडेलले आठ वटा मन्त्रालयबाट दरबन्दीको नयाँ प्रस्ताव पेस भएको जानकारी दिनुभयो । सोही अनुसार ओएनएम गरिएको हो । अहिले पनि प्रदेश अस्पताल र जिल्ला अस्पतालमा कर्मचारीको अभाव छ । ती कार्यालयमा अब ओएनएम सर्भेबाट नयाँ दरबन्दी कायम गरी कर्मचारीलाई पठाइने छ । बढी कर्मचारी भएका कार्यालयबाट कर्मचारीलाई झिकेर कर्मचारी कम भएका कार्यालयमा पठाउन प्रदेश सरकारले ओएनएम गर्न लागेको हो ।

सरकारले आफू मातहतका कार्यालय एकीकृत गर्ने तयारी गरिरहेको छ । छरपष्ट रूपमा रहेका तालिम केन्द्रलाई समेत कर्णाली प्रदेश तालिम प्रतिष्ठान ऐनमार्फत एकै स्थानबाट सञ्चालन गर्न लागिएको छ । प्रदेश सरकारको स्थायी संरचनामा दोहोरो कार्य क्षेत्र परेका, औचित्य समाप्त भएका र परिवर्तित सन्दर्भमा आवश्यक नरहेका कार्यालय हटाइने छ । उस्तै प्रकृतिका कार्य क्षेत्र रहेका जिल्लाका कार्यालयलाई एकअर्कामा गाभिने गरी नयाँ दरबन्दी सिर्जना गर्न लागिएको हो ।

कर्णालीको स्वास्थ्य क्षेत्रको दरबन्दीको ठुलो अभाव छ । रिक्त पदपूर्ति गर्नका लागि दरबन्दी थप गरिएको छ । सरकारी सेवाको नियामक निकाय र सार्वजनिक संस्थानमा चालु आर्थिक वर्षमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने, सार्वजनिक प्रशासनको विद्यमान संरचना र दरबन्दीको पुनरवलोकन गरी छरितो बनाइने मन्त्रालयले जनाएको छ । ओएनएमलाई अन्तिम चरणमा पुर्‍याएको भन्दै मुख्य सचिव पौडेलले मन्त्रालयले तयार गरेको ओएनएम मन्त्रीपरिषद्ले स्वीकृत गरेसँगै कार्यान्वयनमा आउने जानकारी दिनुभयो  । यही महिनामा काम सक्ने गरी लागि परेको उहाँको भनाइ छ ।

उहाँले प्रशासनिक असन्तुलनलाई सन्तुलन बनाउने गरी ओएनएम सर्वेक्षण गर्न लागिएकाले मन्त्रालयबाट आएका प्रस्तावमाथि छलफल भइरहेको जानकारी दिनुभएको छ । अहिले कतिपय मन्त्रालयमा कुनै पदका कर्मचारी अत्यावश्यक भएको तर कुनै पदका कर्मचारी अनावश्यक रहेकाले मन्त्रालयले तयार गर्न लागेको ओएनएम सर्वेक्षणले प्रशासनिक चुस्तता कायम गर्न थप सहयोग पुग्ने उहाँको विश्वास छ ।

प्रदेश कर्मचारीलाई सङ्केत नम्बर प्रदान

प्रदेशका कर्मचारीलाई वैयक्तिक विवरण सङ्केत (सिटरोल) प्रदान गरिएको छ । बुधबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी प्रमुख सचिव पौडेलले कर्णाली प्रदेश लोक सेवा आयोगबाट सिफारिस पाँच जना प्रदेश निजामती कर्मचारीको वैयक्तिक विवरण फाराम (सिटरोल) सङ्केत प्रदान गर्नुभएको छ ।

निजामती कर्मचारीको वैयक्तिक विवरणको अध्यावधिक कार्य मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको अभिलेख शाखाबाट हुने छ । उहाँका अनुसार पहिलो पटक ३२६ जना प्रदेश निजामती कर्मचारीको वैयक्तिक विवरण प्रमाणित भई सिटरोल नम्बरसहितको फाराम प्रदान गरिएको हो । स्थानीय कर्मचारीको हकमा निजामती किताब खानासँग कर्मचारी विवरण अनलाइनमा अध्यावधिक गर्न राष्ट्रिय किताब खानालाई (निजामती) अनुरोध गरिएको छ । स्वीकृति प्राप्त भएपछि स्थानीय तहका ८६४ जना कर्मचारीको वैयक्तिक विवरण अनलाइनमा अभिलेख गरी सिटरोल प्रदान गरिने छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रशासन महाशाखाका सचिव विष्णुप्रसाद कोइरालाका अनुसार कर्णाली प्रदेश निजामती कर्मचारी सङ्घ, स्थानीय र प्रदेशमा जहाँ सरुवा बढुवा भए पनि फरक नपर्ने गरी सिटरोल व्यवस्था गरिएको छ । कर्मचारी तिनै तहमा जहाँ सरुवा वा बढुवा रहेर काम गर्दा पनि सिटरोल एउटै रहने छ । जसले सरुवा, बढुवा, पेन्सनलगायत कार्यमा एक रूपता कायम हुने जनाइएको छ ।

उहाँका अनुसार सात प्रदेशमध्ये कर्मचारी सङ्केत प्रदान गर्नेमा कर्णाली प्रदेश दोस्रो भएको छ । सङ्घीय संरचना अनुसार प्रदेश र स्थानीय तहले आफूलाई आवश्यक विभिन्न सेवाका कर्मचारीको नियुक्ति, सरुवा, बढुवा प्रदेश सरकारले गर्न सक्ने व्यवस्था अनुसार कर्मचारीको खटनपटनको अभिलेख राखिएको जनाइएको छ ।

Previous Post

मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत कालोपत्र सुरु

Next Post

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १२, शुक्रबार ०२:४८
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १२, शुक्रबार ०२:४८
139
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १२, शुक्रबार ०२:४८
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १२, शुक्रबार ०२:४८
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ १२, शुक्रबार ०२:४८
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ १२, शुक्रबार ०२:४८
21
Next Post

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

ग्यास सिलिण्डर विष्फोट हुँदा घरमा क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १२, शुक्रबार ०२:४८
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १२, शुक्रबार ०२:४८
139

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १२, शुक्रबार ०२:४८
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १२, शुक्रबार ०२:४८
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.