कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

ब्याक्तिगत स्वार्थका लागि सडक कब्जा गर्न दिन्नै महानगर प्रहरी प्रमुख पाण्डे

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १०, बुधबार १४:०२
0
9
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, माघ १० गते। काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले व्यक्तिगत स्वार्थका लागि सडक कब्जा गर्न नदिने बताउनुभएको छ। कस्तुरीखबर अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले पार्किङ हटाइएको विरोध गर्नुको कुनै औचित्यसमेत नरहेको भनाइ राख्नुभयो।

उहाँले भन्नुभयो, “सडक कब्जा गर्न दिदैनौं। पेटी पैदल यात्रु हिड्ने ठाउँ हो। तपाईंले देख्नुभाछ, विकासलाई छोडेर व्यक्तिगत स्वार्थका लागि अस्तव्यस्त गर्न पाइँदैन। महानगरको सुव्यवस्था, नगर सुविधाका लागि पार्किङ हटाइएको हो।”

उहाँले न्युरोड क्षेत्र मौलिकता बोकेको सहर भएको तर विगतदेखि नै ठाउँ कब्जा गरेर पार्किङ गरिएको अवस्था रहेको बताउनुभयो। सवारी साधन आवतजावत र पैदल यात्रुलाई हिँड्न सहज गर्नका लागि महानगरभित्रका अनावश्यक पार्किङ हटाइएको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, “संसारभर अभ्यास के छ भने, पार्क एण्ड वाक। हामीले विकल्प दिएको त्यहाँ विभिन्न किसिमका मललहरु पनि छन्। अर्को थप विकल्प भनेको काठमाडौं भ्यु टावरलाई दिएका छौं। त्यहाँबाट दुई, तीन सय मिटरको फरक छ।” उहाँले सडक साझा सम्पत्ति भएकोले यसमा पार्किङ गर्न नमिल्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “न्युरोडमा संसारभरका हजार थरीका मान्छे छिर्छन्। त्यहाँको भीडको अवस्था, फोहोर, पार्किङ कसरी राखिएको छ ? आधा सडक ढाकेर पार्किङ गरेर मेरो व्यापार गर्छु भन्ने कुरा जायज छैन। त्यो नाजायज हो। सडक सबैको साझा सम्पत्ति हो। साझा अधिकार छ। सबैले हिँड्न पाउनुपर्छ।”

उहाँले विकल्पको रुपमा भ्यु टावरमा झण्डै तीन, चार सय चार पाङ्ग्रे सवारीसाधन अटाउने तथा करिब डेढ लाख स्क्वायर मिटरको धरहराको पार्किङ पनि छिट्टै खुल्ने बताउनुभयो।

निर्णय फिर्ता लिन व्यवसायीको माग

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरेको पार्किङ निषेधको निर्णय फिर्ता लिन व्यवसायीले माग गरेका छन्। नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवालले पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेको र न्युरोडको व्यावसायिक भविष्य सङ्कटमा पर्ने दाबी गर्नुभयो। उहाँले न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्दा व्यवसायी व्यवसायबाट पलायन हुने अवस्था आउने बताउनुभयो।

कटुवालले भन्नुभयो, “अनावश्यक रूपमा न्युरोड क्षेत्रलाई तनावग्रस्त बनाउने काम महानगरले गरेको छ। विकल्पसहितको योजना लिएर महानगरपालिका नआएसम्म व्यवसायीको विरोध जारी रहन्छ। काठमाडौं महानगरपालिकाका प्रमुखले हात हाल्न नहुने क्षेत्रमा हात हाल्नुभयो। दरबारमार्ग थोरै व्यवसायीहरू भएको क्षेत्र थियो तर न्युरोड देशकै व्यापारको मुटु हो।”

आन्दोलनरत नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले देशभरको व्यापारिक मुटु न्युरोडमा महानगरपालिकाले पार्किङ निषेधित क्षेत्र घोषणा गर्नु गलत भएको बताउनुभयो। उहाँले व्यापारीले सामान ओसारपसार गर्न र सामान किन्न आउने ग्राहकहरूलाई के जवाफ दिने भन्ने समस्या भएको बताउनुभयो। उहाँले महानगरले सवारी साधनको उचित हिसाबले पार्किङको व्यवस्था गरेर मात्रै पार्किङ निषेधित क्षेत्र घोषणा गर्नुपर्ने बताउनुभयो।

यस्तै, संयुक्त सङ्घर्ष समितिका संयोजक अमृत मानन्धरले पार्किङ हटाएको विरोधमा बुधबार सबै ठुला पसल बन्द गरेर विरोधमा उत्रिएको बताउनुभयो।

मानन्धरले भन्नुभयो, “जुन किसिमले महानगरले बन्द कोठाभित्र बसेर गरेको निर्णयले परापूर्व कालदेखि, जङ्गबहादुरको पालादेखि सबै चलिआएको बजारलाई विस्थापित गर्न भूमिका खेल्नुभयो। यसको घोर विरोध गर्दछौँ।”

सम्पदा क्षेत्रमा पार्किङ हटाएर व्यवस्थित गर्नु त ठिकै होला नि भन्ने जिज्ञासामा उहाँले सम्पदा क्षेत्रभित्र सवारी निषेध गरिएको महानगरको निर्णयलाई समर्थन रहेपनि व्यापारिक केन्द्रमा पार्किङ हटाइनु व्यवहारिक नभएको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, “आन्तरिक रूपमा धेरै समस्या छ। वैकल्पिक रूपमा पार्किङ भ्यु टावरमा दिएको छ। मान्छे व्यापारिक केन्द्रमा गाडी रोकेर आउने अवस्था देखिँदैन। किनभने, जहाँ ग्राहकलाई सुविधा हुन्छ, त्यही ग्राहक आउने हो।”

उहाँले भन्नुभयो, “करोडौं, अरबौं लगानी गरेर ७७ वटै जिल्लाबाट आएर व्यवसाय गरेका छौं। पार्किङ हटाएपछि मान्छे निकै कम भएको छ। कोरोनाको प्रभावले मार्केट त्यतिकै शून्य थियो। देशको आर्थिक स्थिति कलि कमजोर हुँदैछ। त्यो हुँदा–हुँदै पनि महानगरपालिकाले एकलौटी ढङ्गले व्यापारलाई धराशायी गर्ने गरी गरेको निर्णयको घोर विरोध गर्दछौँ।”

महानगरपालिकाले मङ्गलबारदेखि लागू हुनेगरी धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्रे सडकमा पार्किङ निषेध गरेको थियो।

Previous Post

पाँच तले घरबाट हाम फालेर व्यावसायिक अग्रवालको मृत्यु

Next Post

आमाले काटेर दिइन् कलेजोको टुक्रा, बचाइन् तीन वर्षीय छोराको ज्यान

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १०, बुधबार १४:०२
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १०, बुधबार १४:०२
132
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १०, बुधबार १४:०२
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १०, बुधबार १४:०२
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ १०, बुधबार १४:०२
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ १०, बुधबार १४:०२
21
Next Post

आमाले काटेर दिइन् कलेजोको टुक्रा, बचाइन् तीन वर्षीय छोराको ज्यान

यू-१९ विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालीलाई चौध सफलता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १०, बुधबार १४:०२
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १०, बुधबार १४:०२
132

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १०, बुधबार १४:०२
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १०, बुधबार १४:०२
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.