कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य अर्थतन्त्र

उन्नत जातमा ध्यान, संकटमा रैथाने पशुपन्छी

कस्तुरी खबर by कस्तुरी खबर
२०८० भाद्र २१, बिहीबार ०८:०३
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल सरकारले दिगो विकास लक्ष्य अन्तर्गत भोकमरी शून्यमा सीमित गर्नको लागि सन् २०३० सम्म कृषि क्षेत्रको उत्पादकत्व दुई गुणासम्म बढाउने भनेको छ ।

यसको लागि नेपालमा पशुपन्छीको नश्ल सुधारको अभियान नै चलाएर विदेशी प्रजातिको नश्ललाई स्थानीय पशुहरुमा वर्णसंकर गराउने गरिएको छ ।

अव्यवस्थित रुपमा विदेशी नश्ल भित्र्याएर नेपालमा प्रजनन् गराउने नीति लिइँदा नेपाली स्थानीय नश्ल भने संकटग्रस्त स्थितिमा पुगेका छन् । कतिपय रैथाने जातका पशुपन्छी लोप भइसकेका छन् भने कतिपय लोपोन्मुख हुन थालेको नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतकाे राष्ट्रिय पशु प्रजनन् तथा आनुवंशिक अनुसन्धान केन्द्रको अध्ययनले देखाएको छ ।

१५ फागुनमा अमेरिकाबाट सातवटा साँढे नेपाल ल्याइयो । पाँच वटा शतप्रतिशत शुद्ध होलेस्टिन र २ वटा शुद्ध जर्सी साँढे वर्णसंकरको लागि नेपाल ल्याइएको हो । नेपालमा नश्ल सुधार तथा दूध वृद्विको लागि यी साँढे ल्याइएको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले जनाएको छ ।

 

संकटग्रस्त छन् रैथाने प्रजाति

पशु आनुवंशिक अनुसन्धान केन्द्रका अनुसार अहिले ७ थरीको पशुपन्छीका २५ वटा रैथाने नश्ल नेपालमा अस्तित्वमा छन् । संयुक्त राष्ट्रसंघको खाद्य एवं कृषि संगठन (एफएओ)मा नेपालले यिनै नश्लको सूची दर्ता गराएको छ ।

जसमा गाईको ७, भैंसीको ३, भेडाको ४, बाख्राको ४, सुँगुरको ३, कुखुराको ३ र घोडाको एउटा नश्ल छ । यो सूचीको सिरीगाई अहिले लोप भइसकेको आनुवंशिक अनुसन्धान केन्द्रका वैज्ञानिक शिशिर भण्डारीले बताए ।

एफएओमा दर्ता भएका नेपाली स्थानीय पशुपन्छी

गाईतर्फ : तराई गाई, पहाडी गाई, खैला गाई, सिरी, लुलु, अछामी र याक

भैंसीतर्फ : लिमे, पार्काेटे, गड्डी

बाख्रातर्फ : तराई, खरी, सिन्हाल, च्यांग्रा

भेडातर्फ : लामपुच्छ्रे, कागे, बरुवाल र भ्याङ्लुङ

बंगुरतर्फ : हुर्रा, बामपुड्के, च्वाँचे

कुखुरातर्फ : साकिनी, घाँटी खुइले, प्वाखउल्टे

घोडातर्फ : जुम्ली घोडा

आनुवंशिक केन्द्रका वैज्ञानिकहरुले पाँचथरमा सिरीजस्तै देखिने एउटा गाई भेटेपछि त्यसमाथि भुटानी सिरीगाईसँग तुलनात्मक अध्ययन भइरहेको भण्डारीले बताए । सूचीकृत नभएको तराई भैंसीमाथि पनि अध्ययन भइरहेको जानकारी उनले दिए ।

अहिले अनुसन्धान भइरहेको गाई र तराई भैंसी रैथाने नश्ल पुष्टि भए नेपालमा २६ वटा रैथाने नश्ल भेटिने केन्द्रका वैज्ञानिक भण्डारी बताउँछन् ।

अस्तित्वमा रहेका पनि संकटापन्न

एफएओको स्थानीय नश्लको सूचीमा सूचीकृत हुन देशभर कम्तीमा २० वटा भाले र १०० वटा पोथी हुनै पर्ने प्रावधान छ । यो शर्त पूरा गरेर सूचीकृत भएका नेपालका रैथाने प्रजातिमध्ये आधाभन्दा बढीको अवस्था चिन्ताजनक छ ।

आनुवंशिक अनुसन्धान केन्द्रका अनुसार रैथाने गाईहरुमध्ये तराई र पहाडी गाईको संख्या राम्रो रहे पनि अरु गाई लोपोन्मुख छन् । भैंसीतर्फ पार्काेटेबाहेक सबै भैंसीको संख्या अत्यन्त कम छ ।

बाख्रातर्फ खरीको अवस्था राम्रो छ । बंगुरमा च्वाँचेबाहेक अरु प्रजाति लोप हुने अवस्थामा पुगेका छन् । कुखुरामा साकिनीको अवस्था राम्रो छ भने अरुको संख्या तीव्र रुपमा घट्दो रहेको केन्द्रका वैज्ञानिक भण्डारी बताउँछन् ।

किन लोप हुन थाल्यो स्थानीय नश्ल ?

स्थानीय प्रजातिका पशुपन्छीलाई अहिलेसम्म केवल जीविकोपार्जनको लागि प्रयोग गर्ने गरिएको छ । व्यावसायिक किसानले उन्नत जातमा ध्यान दिन्छन् । जीविकोपार्जनमुखी किसान घटिरहेकाले रैथाने पशुपन्छीका प्रजाति संकटमा परेको जानकारहरु बताउँछन् ।

धेरै दूध वा मासु उत्पादनका लागि अहिले उन्नत नश्ल खोज्ने चलन बढेको छ । स्थानीय नश्लहरु कतै–कतै साना किसानले मात्र पालेका छन् । सरकारी नीतिले पनि रैथानेलाई संरक्षण भन्दा उन्नतलाई प्रश्रय दिएको छ ।

‘सरकारले विदेशी नश्ल ल्याउँदा कति संख्यामा लगाउने र कसरी व्यवस्थित गर्ने भन्ने नीति पनि लिनुपर्ने हो’ आनुवंशिक अनुसन्धान केन्द्रका वैज्ञानिक भण्डारी भन्छन् ‘बढी मुनाफा पाउने आशमा किसानले समेत जथाभावी उन्नत जातको नश्ल लगाउँदा रैथाने प्रजाति लोप हुने अवस्था आएको छ ।’

उनका अनुसार, स्थानीय प्रजातिमा विदेशी नश्लको वीर्य प्रवेश गराएर जन्मिएको जनावर ५० प्रतिशत विदेशी नश्ल हुन्छ । त्यसरी जन्मिएको पाडाबाछामा फेरि विदेशी वीर्य प्रवेश गराउँदा ७५ प्रतिशत विदेशी नश्ल तयार हुन्छ । ३ पुस्तामा निरन्तर विदेशी नश्ल मिसाउँदा शतप्रतिशत विदेशी नश्ल उत्पादन हुन्छ ।

नेपाली पशुमा वर्णसंकरको इतिहास

आनुवंशिक अनुसन्धान केन्द्रका वैज्ञानिकहरुका अनुसार, वि.सं. १९१७ मा श्री ३ जंगबहादुर राणाको प्रयासमा बेलायतबाट जर्सी गाईहरु ल्याएर पशुमा नश्ल सुधारको थालनी गरिएको थियो ।

त्यसपछिको झण्डै १०० वर्ष जर्सी गाईको नश्ल सुधारमै बिताएको नेपालले २०१४ सालमा संस्थागत रुपमा गाईमा कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गरेको थियो । त्यसपछि सरकारले पोखरा, नेपालगञ्ज, लहानलगायत ठाउँमा राष्ट्रिय पशु प्रजनन् कार्यालय स्थापना गरी नश्ल सुधारको कार्यलाई व्यापक बनायो । यसपाला अमेरिकाबाट ल्याइएका सात वटा साँढेलाई पोखराको पशु प्रजनन् कार्यालयमा राख्ने तयारी छ ।

किन आवश्यक छ स्थानीय नश्ल ?

रैथाने प्रजातिबाट उत्पादन कम हुन्छ भन्ने मान्यता छ । यसलाई भारतको एउटा अनुभवले गलत साबित गरेको छ ।

बढी दूध उत्पादन हुने भन्दै किसानहरुले उन्नत जात भित्र्याउन थालेपछि भारतको एउटा स्थानीय प्रजाति गिर गाई लोपोन्मुख स्थितिमा थियो । त्यसैलाई ब्राजिलमा लगेर वर्णसंकर गराएपछि जेरेन्डो नाम राखियो । जेरेन्डो अहिले ब्राजिलको धेरै दूध दिने गाईको सूचीमा अगाडि छ ।

आनुवंशिक प्रजनन् केन्द्रका कृषि वैज्ञानिक डा. सरोज सापकोटा रैथाने प्रजाति पाल्ने किसानले उचित खाना र व्यवस्थापनमा ध्यान नदिएकोले मात्रै उत्पादनमा कमी आउने गरेको बताउँछन् ।

उनले अध्ययन गरेको स्थानीय प्रजातिको साकिनी कुखुराले खाना र व्यवस्थापनमा ध्यान दिंदा उन्नत नश्लकै हाराहारीमा अण्डा दिएको थियो । व्यवस्थापन मिलाउँदा उन्नत जातको जस्तै बढी उत्पादन स्थानीय जातबाट पनि लिन सकिने सापकोटा बताउँछन् ।

आनुवंशिक केन्द्रका वैज्ञानिकद्वय भण्डारी र सापकोटा रैथाने नश्ल पितापुर्खाले पालेको भनेर भावनात्मक रुपमा पाल्ने नभई भविष्यको लागि समेत महत्वपूर्ण रहेको बताउँछन् ।

उनीहरुका अनुसार, रैथाने प्रजाति नेपालको वातावरण अनुकूल पशुपन्छीहरु भएकाले उन्नत जातको पशुपन्छीलाई जस्तो व्यवस्थित नगर्दा पनि यिनीहरुबाट उत्पादन लिन सकिन्छ । स्थानीय प्रजातिमा उन्नत प्रजातिको तुलनामा रोग पनि कम लाग्छ । जस्तो– रक्त परजीवीजन्य एनाल्पाजमोसिस रोग उन्नत जातका पशुमा बढी देखिएको उनीहरु बताउँछन् ।

नेपालका रैथाने आछामी, सिरी, लुलु गाईको खानपानमा ध्यान दिए राम्रो परिमाणमा दूध दिने सापकोटा बताउँछन् । ‘स्थानीयमध्ये पनि कुनैले धेरै कुनैले कम दूध दिन्छन्’ उनी भन्छन्, ‘राम्रो नश्ल छान्न सके त्यसबाट उन्नत जातको जस्तै उत्पादन पाइन्छ ।’

बाख्रामा लोकल बाख्राको मासु धेरैले रुचाउँछन् । कुखुराको मासु पनि लोकल नै धेरैको रुचिमा पर्छ । त्यसैले यसैलाई पनि ध्यान दिएर व्यावसायीकरणतिर सोच्न सकिने उनको मत छ ।

भण्डारी र सापकोटाका अनुसार, महामारीजन्य दुर्घटना भयो भने नेपालमा विदेशी नश्ल बाँकी नरहन सक्छ । त्यस्तो अवस्थालाई ध्यानमा राखेर पनि रैथाने नश्ल जोगाउनु जरुरी रहेको उनीहरु बताउँछन् ।

Previous Post

कागजमा सिमित औद्योगिक ग्राम

Next Post

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चले के देला आदेश ?

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० भाद्र २१, बिहीबार ०८:०३
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० भाद्र २१, बिहीबार ०८:०३
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० भाद्र २१, बिहीबार ०८:०३
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० भाद्र २१, बिहीबार ०८:०३
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० भाद्र २१, बिहीबार ०८:०३
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० भाद्र २१, बिहीबार ०८:०३
21
Next Post

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चले के देला आदेश ?

अंग्रेजलाई हराएकाे खुसियालीमा पाल्पामा रथयात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० भाद्र २१, बिहीबार ०८:०३
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० भाद्र २१, बिहीबार ०८:०३
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० भाद्र २१, बिहीबार ०८:०३
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० भाद्र २१, बिहीबार ०८:०३
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.