बाँके – सामुदायिक प्रहरी साझेदारी कार्यक्रम
अन्तरगत बाँके र नेपालगंजत उप-महानगर पालिकाको समन्वय विभिन्न कार्यक्रम गरेर लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ ।
जिल्ला प्रशासन कार्यलय बाँकेको सभाहलमा लागुऔषध नि: शुल्क परामर्श केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा र नेपालगंज उप-महानगर पालिका र जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वय र सहकार्यमा कार्यालयका लागु औषध दुरुपयोग कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको अध्यक्ष दिपेन्द्र कुमार जोशीको अध्यक्षतामा लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस छलफल तथा अन्य कार्यक्रम तथा हाजरी जवाफ प्रतियोगिता कार्यक्रम गरि गरिएको हो ।
स .प्र.जि.अ. टोपेन्द्र के.सी. जिल्ला प्रसासन कार्यालयको प्रमुख आतिथ्यता र प्रहरि नायव उपरीक्षक . नारायण डाँगी जिल्ला प्रहरी कार्यालय बाँकेको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

हाम्रो पहिचान हाम्रो समुदाय,हाम्रो जीवन लागू औषध मुक्त बनाऔं भन्ने मुल नाराको साथ नेपालगन्ज उपमहानगरपालिका को सहकार्य तथा लागू औषध विरुद्ध निशुल्क परामर्श केन्द्र नेपालगन्जको आयोजनामा सम्पन्न भएको हो ।
सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगंज र लागू औषध विरुद्ध निशुल्क परामर्श केन्द्र नेपालगन्जको अध्यक्ष दिपेन्द्र कुमार जोसि उक्त कार्यमा सधैं सक्रिय भएर लाग्ने गरेका छ्न ,समाज परिवर्तन र युवा,युवती लाई जनचेतना फैलाउदै लागू औषध न्यूनीकरण सम्बन्धि यस्ता कार्यक्रम विभिन्न संघ संस्था सरोकारवाला निकाय संग समन्वय गरेर यस्ता कार्यक्रम गर्दै आएको जनाइएको छ ।
सरस्वती मा.वि, मंगल मा.वि ,युद्ध संस्कृत मा.वि,सारदा मा.वि ,धम्बोझी मा.वि,आदर्श मा.वि, विद्यार्थीहरुलाइ हाजिरी जबाफ प्रतियोगिता तथा छलफल गरेर लागू औषध प्रयोग रोकथाम न्यूनीकरण सम्बन्धि छलफल तथा अन्तरकृया कार्यक्रम आयोजना गरिएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जोसिले जानकारी दिनु भयो ।
सो कार्यक्रमको प्रशिक्षक अमर बिरही श्रेष्ठले विद्यार्थीहरुलाइ प्रशिक्षण गराएका थिए ।
कार्यक्रम ब्यवस्थापन आश्रय श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम रिपोर्टिङ बासुदेव उपाध्यायले गरेका थिए ।
