सरला सुवेदी-कोहलपुर । नेकपा एमाले क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकालले आफुले जनतासामु प्रतिबद्धता गर्दै हिढ्ने भन्दा नि आफू पदमा पुगे नि नपुगेनी आफ्नो चुनावी क्षेत्र विकासको क्षेत्रमा नमुनाको काम गरेर देखाउने बताउनु भएको छ । आज बुधबार नेपाल उत्पीडित जातीय मुक्ति समाज कोहलपुर नगर स्तरीय भेलामा दलितको समस्या र चुनौतीहरु सङ्ग आफू नजिक रहेको बताउदै आफू दलितका समस्या समाधानका लागि निरन्तर लागेको र पछि पनि लागिरहने बताउनुभयो ।
उहाँले जातीय विभेदको मूल जरो समाजभन्दा पनि राजनीतिसँग जोडिएको बताउनु भयो । आफु राजनीतिसँग जोडिएको नाताले आफू राजनीतिक रूपले समाजमा कानुनमा भएका व्यवस्थामार्फत जनजागरण ल्याउने, चेतना ल्याउने, नबुझेका मानिसहरूलाई सम्झाउन सक्ने र समाज धर्मसापेक्ष भएको हुनाले धार्मिक अगुवा र गुरूहरूलाई परिचालन गरेर पनि जातीय विभेद अन्त्य गर्न लागिपर्ने र समाजमा सचेत रहेका व्यक्तिमार्फत जातीय विभेदका घटनामा उजुरी गर्ने र त्यसको समस्या समाधान पनि गर्न निरन्तर लाग्ने बताउनुभयो । उहाँले समाजमा खेल्न सक्ने भूमिका भनेको समाजमा विभेदमा रहेका व्यक्तिहरूका पक्षमा बोल्ने, कानुनी लडाई लड्ने र पीडकहरूलाई सजाय दिने कार्यमा आफू कहिले नझुक्ने बताउनु भयो।
यस्तै प्रदेश सभा सदस्य पदका उम्मेदवार दुर्गा प्रसाद चौधरीले जातीय विभेद अन्त्यका लागि पीडित व्यक्तिहरूको न्यायका निम्ति राज्यका निकायहरूमा पहल र वकालत गर्न आवश्यक रहेको बताउदै शिक्षा पनि जातीय विभेदको एक कारक भएको हुनाले दलित लगायत पछाडि पारिएका समुदायलाई शिक्षामा सरल पहुँच पुर्याउन आफ्नो अतुलनीय भुमिका रहने बताउनु भयो। । उहाँले मानिस शिक्षित भएमा पछि उसले अवसर पाउन सक्छ र आर्थिक रूपले जीवन सम्पन्न गर्न सक्छ र आजका दिनसम्म आफुले दलित समुदायलाई उनीहरूको हक र अधिकारबारे जनचेतना जगाउन मद्दत गर्दै आएको र अबका दिनमा पनि प्रयास निरन्तर जारी रहने बताउनु भएको छ ।
कार्यक्रममा प्रदेश तर्फका समानुपातिक उम्मेदवार बसन्ती अधिकारीले जातीय विभेद नेपालको लागि धेरै पुरानो विषय हो । जातीय विभेद अन्त्यका लागि नेपालका सबैजसो राजनीतिक दलहरूले घोषणापत्रमा उल्लेख गरे पनि समाजमा यसले जरो गाडिसकेको हुँदा धेरै प्रयासका बाबजुद पनि अहिलेसम्म अन्त्य हुन नसकेको बताउनु भयो । म एक राजनीतिकर्मी भएको नाताले राजनीति मार्फत म समाजको ऐना पनि भएको हुनाले समाजमा रहेका कुरीति, अन्धविश्वासहरूलाई चिर्दै, समुन्नत सुखी र समान हैसियतका नेपाली बनाउन आवश्यक पहल गर्नेछु भन्दै उहाँले जातीय विभेद अन्त्यका लागि दलितको आवाज बनेर खबरदारी, साझेदारी र पहरेदारीको भूमिका खेल्ने कुरा बताउनु भयो। ।
यस्तै समानुपातिक उम्मेदवार निर्मला सुनारले
नेपालमा जातीय विभेद अहिले ठूलो समस्याका रूपमा देखिईरहेको छ जातीयताकै आधारमा बिभिन्न समयमा घटनाहरू घटेका छन् यसको अन्त्यका लागि संविधान र कानुनमा रहेका कुरा कार्यन्वयन हुन् जरुरी रहेको कुरा बताउनुभएको छ। उहाँले जातीय विभेद अन्त्यका लागि दलित र गैर–दलित समुदायको अवाज एक हुन् जरुरी रहेको समेत बताउनु भयो।
कार्यक्रममा गन्धर्व समुदायको तर्फबाट निर्वाचन केन्द्रीत गित समेत प्रस्तुत गरिएको थियो गितमा आफ्ना समस्या अनि उम्मेदवारको लागि मतदान आह्वान गरिएको थियो।